बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

लोक दोहोरीमा अभिनेत्री प्रियंका

आइतबार, ०१ असोज २०७४, ११ : ३६
आइतबार, ०१ असोज २०७४

काठमाडौं – अभिनेत्री प्रियंका कार्की पहिलोपटक नेपाली लोकदोहोरी गीतको म्युजिक भिडियो अभिनयमा देखिएकी छन् । नबिन भट्टराई र प्रिया भण्डारीको आवाजमा रहेको ‘नसोध कसैले’ बोलको गीत मार्फत उनले लोकदोहोरी म्युजिक भिडियो अभिनय यात्रा थालेकी हुन् । 

गीतमा उनले मोडल जीवन भट्टराईसँगै अभिनय गरेकी छन् । एक दशक शिब सुबेदीको शब्द–संगीत रहेको गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका हुन् । 

फिनल्याण्डमा बस्दै आएका गायक नबिन भट्टराईको यो दोश्रो गीत हो।   पढाइको सिलसिलामा युरोपमा बस्दै आएका शिब सुबेदीका घामजस्तो चम्किलो जुन हुँदैन, आमा तिम्रो दुधको भारा, कल्पनामै भएनी, खै हाम्रो दिलमा त, तिम्रै झल्को दियो लगायतका दर्जनौ लोकप्रिय गीतहरु बजारमा आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप