मन्त्रीमण्डल हेरफेरको तयारी गर्दै गण्डकी प्रदेश सरकार
संघीय सरकारभन्दा पहिले गण्डकी प्रदेश सरकारले प्रदेशको मन्त्रिमण्डल हेरफेरको तयारी गरेको थियो । तर, नेकपाको आन्तरिक विवादको कारण गण्डकी प्रदेश सरकारको मन्त्रीमण्डल हेरफेरको काम रोकिएको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।
रातोपाटीसँग भएको कुराकानीमा मुख्यमन्त्री गुरुङले मन्त्रीमण्डल हेरफेरको काम अन्तिम चरणमा पुगेको बताउँदै हचुवाको भरमा मन्त्रीहरुलाई हटाउने थप्ने भन्दा पनि कार्य मूल्याङ्कनको आधारमा जिम्मेवारी हेरफेर गरिने गुरुङले बताएका हुन् ।
‘यस्तो संकटको समयमा मन्त्रिमण्डल हेरफेरको कुरा गर्नु जनभावना विपरितको कार्य होइन र ?,’ भन्ने प्रश्नमा गुरुङले भने, ‘नेपालको कानुनअनुसार हामीले १२ जनाको मन्त्रीमण्डल निर्माण गर्न सक्छौँ । तर अहिले हामीसँग ६ जना मात्र मन्त्रीहरु छन् । केही मन्त्रालयहरु गाभिएका कारणले नतिजा आउन सकेको छैन । त्यसैले मन्त्रालय विस्तार गरेर १० मन्त्रालय बनाउने तयारीमा छौँ । मन्त्रिमण्डल गठन गर्नु पूर्व जुन खालको अपेक्षा हामीले राखेको थियौँ । त्यो पुरा हुन सकेन तर काम नै भएन भन्ने चाँहि होइन । त्यसैले पुराना केही मन्त्रीहरु परिवर्तन भएर नयाँ केही थपिन सक्छन् । मन्त्रिमण्डल विस्तारले मात्र जनभावना अनुरुपको काम गर्न सक्छ ।’
गुरुङले संघीयता कार्यान्वयन गराउन गण्डकी प्रदेश सरकार सफल भएको बताए ।
विकास प्राधिकरण आफ्नो नेतृत्वमा गठन गर्ने विधेयक पारित गरेर मुख्यमन्त्रीले शक्ति केन्द्रिकरण गर्न खोज्यो भन्ने आरोप रहेको विषयमा गुरुङ भन्छन्, ‘संसदीय व्यवस्थामा मुख्यमन्त्री आफै शक्तिमान हुन्छ । किन शक्ति केन्द्रित गर्न प¥यो र ? विकास निर्माणको कामलाई गति दिन र लगानी भित्र्याउनका लागि प्राधिकरण गठन गर्न लागिएको हो ।’
मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश सरकारले गरिब परिवारका लागि आधार कार्ड वितरण गर्ने तयारी पनि भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण