बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

कात्तिकमा आउने भो फिल्म ‘मैंरिमो’

आइतबार, ०१ असोज २०७४, १२ : १६
आइतबार, ०१ असोज २०७४

काठमाडौं –वैदेशिक रोजगारका लागि युवा विदेशिनु, गाउँका महिला वालबच्चाको शिक्षादिक्षाको लागि शहर पस्नु आदीले अहिले नेपालका ग्रामीण बस्तीहरु पातलिँदै छन् । जसको कारणले गाउँको सामुदायिक विद्यालयमा समेत विद्यार्थीको अभव देखिन थालेका छन् । 

यस्तै विषयमा निर्माण भएको छ गुरुङ फिल्म ‘मैंरिमो’ । चलचित्र २४ कार्तिकबाट पोखरास्थित बाराही चलचित्र मन्दिरमा नियमित प्रदर्शन हुने भएको छ ।

फिल्ममा ‘एउटा पञ्चेबाजा’ समेत गरि ४ वटा गीत समावेश गरिएको छ । 
निर्देशक भोजबहादुर गुरुङले बनाएको यो गुरुङ फिल्मको प्रोत्साहन गर्नकै लागि निर्माण गरिएको हो ।

मुनाल फिल्म प्रा.लि. पोखराको ब्यानरमा निर्मित फिल्ममा गमन घले, प्रेम गुरुङ, सपना गुरुङ, सेसुवा गुरुङ, गजेन्द्र गुरुङ, कूलबहादुर गुरुङ, ईन्द्रसुवा गुरुङ, अमीर गुरुङ, कमल गुरुङ, बालकाशी गुरुङलगायतको अभिनय छ ।

प्रेम गुरुङ र सपना गुरुङ निर्माता रहेको फिल्ममा बालकाशी गुरुङ कार्यकारी निर्माता छन् । फिल्ममा तेजेन्द्र गुरुङको संगीत, गोविन गुरुङ, मनोज गुरुङको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप