टोलमै पुगेर विद्यार्थी पढाउँदै सामुदायिक विद्यालय
तनहुँका विभिन्न ठाउँका सामुदायिक विद्यालयले टोल–टोलमै पुगेर विद्यार्थी पढाउन थालेका छन् । कोभिड–१९ का कारण विद्यालय बन्द रहेको अवस्थामा सिकाई सहजीकरण गर्न विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन थालेका हुन् ।
शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेशी माध्यमिक विद्यालयले टोल–टोलमा पुगेर विद्यार्थी पढाउन सिकाई केन्द्र स्थापना गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका अनुसार विद्यार्थीमा पठनपाठनप्रति उत्प्रेरणा जगाउन निर्देशन दिएसँगै विद्यालयले वडाभित्रका विभिन्न टोलमा सिकाई केन्द्र स्थापना गरेको हो ।
वडा शिक्षा समितिका संयोजक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, सम्पूर्ण टोल विकास संस्थाका अध्यक्ष र शिक्षकहरुको असोज ४ गते बसेको संयुक्त बैठकले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई विद्यार्थी सङ्ख्याको आधारमा पायक पर्ने ठाउँमा केन्द्र स्थापना गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक धु्रव वाग्ले क्षेत्रीले जानकारी दिए ।
उहाँका अनुसार साँखर, नयाँवस्तीका लागि स्याउलीबजारमा, चवादी र कुर्लिङका लागि चवादीमा, नवप्रगति टोल र राधाकृष्ण टोलका लागि राधाकृष्णमा, लिलाचोक, भाटडाँडा, धामिकुना, सिम्ले, डौका, बन्द्रेका लागि लिलाचोकमा, मजुवा, नयाँबस्ती र शान्तिटोलका लागि मालेबगरमा र ढाण्डर शीतल बस्तीका लागि ढाण्डरमा केन्द्र स्थापना गरिएको छ । ती सिकाई केन्द्रहरुमा कक्षा एक देखि पाँचसम्मका विद्यार्थीलाई पठनपाठन गराइनेछ । स्याउलीबजारमा आइतबारदेखि मङ्गलबार, चवादीमा बुधबारदेखि शुक्रबारसम्म, राधाकृष्णमा आइतबारदेखि मङ्गलबार, लिलाचोकमा बुधबारदेखि शुक्रबार, मालेबगरमा आइतबारदेखि मङ्गलबार र ढाण्डरमा बुधबारदेखि शुक्रबारसम्म पठनपाठन हुनेछ ।
कक्षा ६ देखि ८ सम्मका अङ्ग्रेजी माध्यमका र कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई पनि विद्यालयमा पठनपाठनको व्यवस्था मिलाइएको छ । नेपाली र अङ्ग्रेजी माध्यमका विद्यार्थीलाई पढाउन चार वटा भवन प्रयोग गरिएको छ । प्रधानाध्यापक वाग्लेका अनुसार कक्षा र ११ १२ को कक्षा सञ्चालन भने अनलाइन माध्यमबाट शुरु गरिएको छ । “बुधबारदेखि सिकाई केन्द्रबाट पठनपाठन शुरु भइसकेको र विद्यार्थीको सङ्ख्या पनि उल्लेख्य रहेको छ,” उनले भने ।
उनका अनुसार यस भन्दा पहिला पनि टोल टोलमा नै पुगेर सिकाई सहजीकरण गरिएपनि बीचमा स्थगित गरिएको थियो । शुक्लागण्डकी नगरपालिकाले सिकाई सहजीकरणलाई निरन्तरता दिन आग्रह गरेपछि सिकाई केन्द्र स्थापना गरेर पुनः पठनपाठन शुरु गरिएको छ । उक्त विद्यालयमा पाँच सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
त्यस्तै म्याग्दे गाउँपालिका–३ मा रहेको पसले आधारभूत विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन शुरु गरेको छ । विद्यार्थीलाई सिकाई सहजीकरण गर्ने उद्देश्यले विद्यालयले टोल टोलमै पुगेर विद्यार्थीलाई पढाउन शुरु गरेको हो ।
विद्यार्थीलाई पढाउनका लागि पसलेका तीन वटा ठाउँमा कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक विजयराज पोख्रेलले जानकारी दिए । उक्त ठाउँका शिवपञ्चायन मन्दिर, पसले बहुउद्देश्यीय भवन र लाङ्घाली मगर आमा समूहको भवनमा विद्यार्थी पढाउन केन्द्र स्थापना गरिएको छ ।
विद्यालयले शुक्रबारदेखि नै भर्ना अभियान पनि खुल्ला गरेको छ । भर्ना अभियानको पहिलो दिनमै २६ जना नयाँ विद्यार्थी भर्ना भएका छन् । विद्यालयका शिक्षक हरि सिग्देलले विद्यालयमा नयाँ विद्यार्थीको आकर्षण बढ्नु खुशीको कुरा भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण