‘स्टोरी बैंक’ स्थापना गर्दै चलचित्र विकास बोर्ड
काठमाडौं । चलचित्र विकास बोर्ड नेपालले ‘स्टोरी बैंक’ स्थापना गर्ने भएको छ । नेपाल सरकारले यो वर्षको बजेट भाषणमार्फत मौलिक चलचित्र निर्माणमा प्रोत्साहन गर्ने नीति सार्वजनिक गरेपछि विकास बोर्डले मौलिक स्टोरी छनौटका लागि ‘स्टोरी बैंक’ स्थापना गर्न लागेको हो ।
बोडले ‘स्टोरी बैंक’ स्थापनाका लागि ‘स्टोरी बैंक कार्यविधि २०७७’ मस्यौंदा समेत तयार पारेको छ । बोर्डका सदस्य–सचिव महेन्द्रबहादुर साँखीको संयोजकत्वमा गठिन ११ सदस्य मस्यौंदा समितिले ‘स्टोरी बैंक कार्यविधि २०७७’ तयार पारेको हो ।
समितिमा सह–संयोजक नवल खड्का र सदस्यहरुमा विकास आचार्य, रविन्द्र रञ्जन झा, फुलमान वल, दिपेन्द्र के.खनाल, छिरिङ रितार शेर्पा, मीनबहादुर भाम, केकी अधिकारी, ताराकुमार श्रेष्ठ (कानुनी सल्लाहकार) र गिरिश शर्मा (चलचित्र विकास बोर्ड) लगायत रहेका छन् ।
कार्यविधिमार्फत् स्टोरी बैंकको सञ्चालन र व्यवस्थापनको शुरुवातसँगै नेपाली चलचित्र निर्माण कार्यमा नेपाल सरकारको उत्साहजनक सहयोग र समर्थन रहने बोर्ड अध्यक्ष दयाराम दाहालले बताए । ‘स्टेरी बैंक’ का लागि प्राप्त भएका स्टोरी मध्येबाट छानिएका ५ मौलिक स्टोरीमा फिल्म निर्माणका लागि राज्यले विभिन्न सुविधा दिने सस्यौंदा समितिका सहसंयोजक अभिनेता नवल खड्काले जानकारी दिए । ‘स्टोरी बैंकका लागि प्राप्त भएका तथा मौलिक छनौटमा नपरेका स्टोरीमा समेत कसैले लगानि गरेर फिल्म बनाउन चाहेमा राज्यले केही सुविधा समेत उपलब्ध गराउने छ’ खड्काले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण