वामदेवविरुद्धको मुद्दामा सुनुवाई सुरु
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै दायर मुद्दामा सुनुवाई सुरु भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । आजको सुनुवाईमा गौतमका तर्फबाट कानुन व्यवसायीले बहस गर्ने र उनीहरुको बहस सकिएपछि सरकारी वकिलले बहस गर्नेछन् ।
अन्त्यमा निवेदकले जवाफ दिने समय पाउनेछन् । बहस नलम्बिए उक्त मुद्दाको फैसला आजै हुने सम्भावना रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ । यसअघि गत बुधबार रिट निवेदकले बहस गरेका थिए । सोही दिन सरकारका तर्फबाट महान्यायाधिवक्तासहितले बहस गरेका थिए । सर्वोच्चले यो मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखेको थियो ।
२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार भइ पराजित गौतमलाई उही कार्यकालभित्र संघीय संसदमा लैजान र मन्त्री बनाउन नमिल्ने रिट निवेदकहरुको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण