कोरोना महामारीः नेपालले चीनलाई उछिन्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या ८६,८२३ पुगेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसारपछिल्लो २४ घण्टामा देशभर २ हजार २ सय ५३ जना संक्रमित थपिएसँगै कुल संक्रमितहरुको संख्या ८६ हजार २ सय ५३ पुगेको हो ।
योसँगै नेपालको संक्रमित संख्याले चीनलाई उछिनेको छ । चीनमा अहिले कुल संक्रमितको संख्या ८५ हजार ४ सय ३४ रहेको छ भने नेपालको कुल संख्या ८६ हजार २ सय ५३ पुगेको छ । विश्वभर फैलिनुअघि चीनकै उहानबाट सुरु भएको कोरोना महामारी अहिले त्यहाँ कन्ट्रोल भैसकेको छ । आइतबार चीनमा निकै कम १६ जना नयाँ संक्रमितहरु देखा परेका छन् ।
त्यहाँ ४ हजार ६ सय ३४ जनाको संक्रमणबाट मृत्यु भएको छ भने पछिल्ला महिना संक्रमणबाट मृत्यु भएको छैन । सुरुमा चीनमा देखिएको सो महामारी युरोप हुँदै पछिल्लो समयमा अमेरिका, भारत, ब्राजिल फैलिएको छ । नेपालमा पनि निकै तिब्र रुपमा संक्रमितहरुको संख्या बढिरहेको छ । नेपालमा आइतबार १२ हजार ७८४ जनामा पीसीआर परीक्षण हुँदा २२ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा सक्रिय संक्रमित २२ हजार २१९ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण