नोबेल पुरस्कार घोषणा सप्ताह शुरु
सन् २०२० को नोबेल पुरस्कार घोषणा सोमबारदेखि शुरु हुँदैछ । नोबेल पुरस्कार समितिका अनुसार पहिलो दिन चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा हुनेछ ।
कारोलिन्स्का इन्स्टिच्यूट स्टकहोमको एक प्यानलले चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार घोषणाको तयारी गरेको छ ।
कोरोनाभाइरस महामारीका कारण यसवर्ष चिकित्सा विज्ञानतर्फको पुरस्कारले विशेष महत्व राख्नेछ । तर नयाँ भाइरसका बारेको अनुसन्धानका लागि यसवर्ष प्रत्यक्ष कसैले पुरस्कार प्राप्त गर्ने सम्भावना क्षीण छ ।
सामान्यतया नोबेल एसेम्ब्लीले वर्षौंदेखिको अनुसन्धानबाट तथ्य पुष्टि भएका आधारभूत विज्ञानका क्षेत्रलाई मात्र मान्यता दिने गरेको छ । गत वर्ष, बेलायती वैज्ञानिक पिटर राचक्लिफ र अमेरिकीहरु विलियम काइलिन र ग्रेग सेमेन्जालाई शरीरका कोषको प्रतिक्रियाका बारेमा अनुसन्धान गरेबापत संयुक्तरुपमा पुरस्कार दिइएको थियो ।
नोबेल पुरस्कार विजेताले एउटा स्वर्ण पदक र ११ लाख १८ हजार डलर नगद पुरस्कार प्राप्त गर्दछन् ।
चिकित्सा बाहेक अन्य पुरस्कारहरु भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र विधामा दिइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण