शान्ति र अधिकारको सन्देश सहित आयो थापाको दशैं गीत
सोमबार, ०२ असोज २०७४, १० : २५
काठमाडौं - गुल्मेली लोक गायक सुनील थापाले दशैंका अवसरमा नयाँ गीत सार्वजनिक गरेका छन् । देशमा शान्ति आएको सन्देश दिँदै गायक थापाले विदेश र शहरमा रहेका नेपालीलाई गाउँ फर्किन आह्वान गरेका छन ।
‘आयो शान्ति छैन केइ डर’ बोलको गीतमा सुनील थापा, रुद्र परियार र राधिका हमालको स्वर छ ।
स्थानीय चुनावपछि नागरिकले अधिकार पाएको, गाउँको विकास गर्ने मौका तल्लो तहकै नागरिकमा रहेको, महिलाले पनि विशेष स्थान पाएको सन्देश समेत थापाले गीत मार्फत प्रवाह गरेका छन ।
गीतमा लय तथा शब्द सुनील थापाकै छ । गीतको भिडियोमा पूजा, सञ्जय, हरि, दीपक, सरस्वती लगायतका कलाकारको अभिनय छ ।
भिडियो हेर्नुहोस् :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण