संसार निकै जटिल अवस्थाबाट गुज्रिँदैछ: डब्लुएचओ
एजेन्सी । विश्व स्वास्थ्य संगठनले विश्वको कुल जनसंख्याको १० प्रतिशत जनसंख्या कोरोनाभाइरसबाट संक्रमित भएको जनाएको छ । डब्लुएचओका आपतकालिन प्रमुख डा.माइकल रायनले सोमबार सो जानकारी दिएका हुन् । उनका अनुसार विश्वभर अब १० जना बराबर १ जना संक्रमित हुन सम्भावना देखिदै गएको छ । यसको अर्थ विश्वको ठूलो जनसंख्या कोरोना महामारीको खतरामा पर्ने देखिएको छ ।
उनकाअनुसार सहरी, ग्रामीण र केही समूहमा देखिएको संक्रमणको आँकडा भने फरक–फरक हुनसक्छ । उनले सतर्कताबाट मात्र धेरैको ज्यान बचाउन सकिने जानकारी दिएका छन् । पछिल्लो तथ्याँकअनुसार अहिले विश्वको कुल जनसंख्या ७ अर्ब ६० करोडभन्दा माथि भएको अनुमान छ । डब्ल्युएचओका अनुसार त्यसमध्ये अहिले ३.५० करोड मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् ।
दक्षिणपूर्वी एसियामा संक्रमित बढे
पछिल्ला दिन दक्षिणपूर्वी एसियामा पनि संक्रमण बढिरहेको छ । यद्यपि, युरोप र पूर्वी भूमध्यसागरीय क्षेत्र वरिपरि भने मृत्यु हुनेको संख्यो धेरै देखिएको छ । तर अफ्रिका र पश्चिमी प्रशान्त क्षेत्र वरिपरि भने स्थिति राम्रो रहेको डब्लुएचओले जनाएको छ । डा.रायनले विश्वभर महामारी बढिरहेकोले सबैले सतर्क रहनुपर्ने चेतावनी दिएका छन् । उनका अनुसार संसार अझै केही समय निकै गाह्रो अवस्थाबाट गुजिँ्रदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर्न आयोगको माग
-
बसमा आगलागी, जलेर पूर्णरुपमा नष्ट
-
लगानी प्रवर्द्धनको वातावरण सृजना गरिनेछ : अध्यक्ष ओली
-
नेपालमा लगानी बढाउन विदेशी लगानीकर्ताहरूसँग उपप्रधानमन्त्री लामिछानेको आग्रह
-
गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिट खारेज
-
शिक्षा सचिव अधिकारीले पाए अवकाश