रघुनाथको फिल्ममा नाजिर
काठमाडौँ – सरकारले फिल्म क्षेत्रमा लगाएको प्रतिबन्ध यथावत छदैछ । तर फिल्मकर्मीहरु सरकारले फिल्म क्षेत्रको प्रतिबन्ध छिट्टै हटाउने आशमा फिल्म निर्माणको धमाधम घोषणा गरिरहेका छन् ।
यस्तैमा संचारकर्मी रघुनाथ सापकोटाले पनि फिल्म निर्माण गर्ने भएका छन् । डेढ दशक अगाडि एक फिल्म निर्माण गरेका सापकोटाले अभिनेता नाजिर हुसेनलाई लिएर फिल्म निर्माण गर्न लागेका हुन् । फिल्म अभिनयका लागि उनले अभिनेता नाजिरसँग आइतबार सम्झौता गरेका हुन् ।
फिल्मको कथामा सुहाउने भएका कारण नाजिरलाई मुख्य अभिनेतामा अनुबन्ध गरेको निर्माता सापकोटाले बताए ।
नाजिरले पनि कथा मन परेकोले फिल्म अभिनयका लागि आफु राजी भएको बताए । सामाजिक विषयवस्तुमा आधारित रहेर निर्माण हुने फिल्ममा नाजिरको अलवा अन्य कलाकार भने छनौटको क्रममा रहेका छन् ।
कोरोनाको कहर केही सामान्य भएपछि नाम, कलाकार र प्राबिधिक सार्वजनिक गर्दै फिल्म मुर्हूतको कार्यक्रम पनि राख्ने योजना निर्माण युनिटको रहेको छ ।
आउँदो फागुनबाट छायांकनमा निस्कने बताइएको फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् । सेलिब्रेटी नेपालको ब्यानरमा निर्माण हुने फिल्मको काठमाडौं र उपत्यका बाहिरका केही स्थानमा छायाँकन हुनेछ ।
नाजिर यो कोरोनाको समयमा पनि अभिनयमा ब्यस्त कलाकार हुन् । उनले यो समय फिल्म भन्दा पनि म्युजिक भिडियो अभिनयमा बिताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण