बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अनसनरत डा.केसीलाई भेट्न पुगे शिक्षासचिव मैनाली

मङ्गलबार, २० असोज २०७७, १५ : ५२
मङ्गलबार, २० असोज २०७७

काठमाडौं । २३ दिनदेखि अनसनरत डा.गोविन्द केसीलाई शिक्षा सचिव गोपीनाथ मैनालीले भेट गरेका छन्। मंगलबार शिक्षासचिव मैनालीको नेतृत्वमा पुगेको ३ जनाको टोलीले त्रिवि शिक्षणअस्तपाल पुगेर डा.केसीलाई भेटेको हो । डा.केसीले पछिल्लो अनसन सुरु गरेपछि भेट गर्ने मैनाली पहिलो सरकारी अधिकारी हुन् । डा.केसीलाई मैनालीबाहेक यसअघि कसैले पनि भेटेका थिएनन् ।

भेटका क्रममा सचिव मैनालीले केसीले उठाएका मागका सम्बन्धमा छलफल गर्न सरकारीस्तरमा कुनै वार्ता टोली गठन नगरिएको जानकारी गराएका थिए । उनले डा.केसीलाई अनसन फिर्ता लिन समेत आग्रह गरेका थिए । डा.केसीले भने सरकारले आधिकारिक रुपमा वार्ता टोली बनाएर पठाउनुपर्ने अडानलाई दोहोर्याएका थिए ।  

तीन हप्तादेखि अनसनमा रहेका डा.केसीको स्वास्थ्यअवस्था निकै गम्भिर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । डा.केसीले उठाएका माग र उनको जीवन रक्षाप्रति सरकार गम्भिर नभएको भन्दै नागरिकस्तरबाट सरकारको चर्को आलोचना हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप