अनसनरत डा.केसीलाई भेट्न पुगे शिक्षासचिव मैनाली
काठमाडौं । २३ दिनदेखि अनसनरत डा.गोविन्द केसीलाई शिक्षा सचिव गोपीनाथ मैनालीले भेट गरेका छन्। मंगलबार शिक्षासचिव मैनालीको नेतृत्वमा पुगेको ३ जनाको टोलीले त्रिवि शिक्षणअस्तपाल पुगेर डा.केसीलाई भेटेको हो । डा.केसीले पछिल्लो अनसन सुरु गरेपछि भेट गर्ने मैनाली पहिलो सरकारी अधिकारी हुन् । डा.केसीलाई मैनालीबाहेक यसअघि कसैले पनि भेटेका थिएनन् ।
भेटका क्रममा सचिव मैनालीले केसीले उठाएका मागका सम्बन्धमा छलफल गर्न सरकारीस्तरमा कुनै वार्ता टोली गठन नगरिएको जानकारी गराएका थिए । उनले डा.केसीलाई अनसन फिर्ता लिन समेत आग्रह गरेका थिए । डा.केसीले भने सरकारले आधिकारिक रुपमा वार्ता टोली बनाएर पठाउनुपर्ने अडानलाई दोहोर्याएका थिए ।
तीन हप्तादेखि अनसनमा रहेका डा.केसीको स्वास्थ्यअवस्था निकै गम्भिर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । डा.केसीले उठाएका माग र उनको जीवन रक्षाप्रति सरकार गम्भिर नभएको भन्दै नागरिकस्तरबाट सरकारको चर्को आलोचना हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण