विप्लव सैन्य तालिममा व्यस्त
मंसिर ८ गते नेत्रविक्रम चन्दको नेकपाले स्थापना दिवस धुमधामसँग मनाउने भनेको छ । प्राप्त जानकारीअनुसार त्यसदिन सैन्य शक्ति प्रदर्शन गर्ने योजनाअनुसार अहिले विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन् । पश्चिम नेपालको कालिकोट, जुम्ला, जाजरकोटलगायत जिल्लामा प्रशिक्षण सम्पन्न गरेर टोली डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र रोल्पा पुगेको छ ।
केन्द्रीय सैन्य कमाण्डर उदय चलाउनेको प्रमुख उपस्थितिमा प्रशिक्षण चलेको छ । यसै साता जाजरकोटको नलगाड नगरपालिका र कुशे क्षेत्रमा प्रशिक्षण दिएर टोली डोल्पा र रुकुमतर्फ केन्द्रित भएको बताइन्छ ।
कालिकोट र जुम्लामा तालिम दिएर जाजरकोट आएको टोलीले हतियार र सेनाको आवश्यकता, एकरुपता र आफ्नो ताकतबारे ब्रिफिङ गरेको थियो । शक्ति सञ्चय गरेर आवश्यकता परेका बेला देखाउने भन्दै युवालाई सेनामा लाग्न आह्वानसमेत गरिएको छ । हाल मासिक १५ हजार भत्ता उपलब्ध गराइनेसमेत बताइएको स्रोतले जनाएको छ ।
बाँकी प्रशिक्षण डोल्पा, रुकुम, सल्यानमासकेर रोल्पामा भव्यतापूर्वक वर्षगाँठ मनाउने योजना रहेको आकलन गरिएको छ ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण