श्रीलङ्कामा कर्फ्यु विस्तार, भेला हुन प्रतिबन्ध
कोलम्बो । श्रीलङ्कामा लगाइँदै आएको कर्फ्युलाई बुधबार थप विस्तार गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण फैलिदै गएकाले त्यसलाई थप बढ्न नदिनका लागि कर्फ्यु बढाउदै लैजाने निर्णय भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
श्रीलङ्कामा पछिल्लो एकै दिनमा ८३० जना सङ्क्रमित थपिएका छन् । श्रीलङ्कामा अहिले १५ सयभन्दा बढी मानिस घरमै क्वारेन्टिनमा बसेका छन् । श्रीलङ्कामा हालसम्म कोरोनाभाइरसबाट तीन हजार ७३३ जना सङ्क्रमित भएका छन् । ती मध्ये १३ जनाको मृत्यु भएको छ । त्यसैगरी कुल सङ्क्रमित मध्ये तीन हजार २६६ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
यस मुलुकमा कोरोनाभाइरस समुदायस्तरमा फैलिएको आइतबार दुई महिना पुगेको छ । सङ्क्रमित हुनेहरुमा उद्योग धन्दामा काम गर्नेहरु बढी छन् । क्वारेन्टिनमा बसेकाहरुलाई पनि कडाइका साथ क्वारेन्टिन सम्बन्धी नियम पालना गर्न सरकारी अधिकारीहरुले आग्रह गरेका छन् । उलंघन गर्नेलाई तीन महिनासम्म जेल सजाय हुने व्यवस्था गरिएको छ ।
त्यसैगरी स्वास्थ्य मन्त्रालयले अर्को छुट्टै आदेश जारी गर्दै सार्वजनिक रुपमा भिडभाड नगर्न आग्रह गरेको छ । प्रदर्शनी, भोजभतेर, सभा सम्मेलन, भित्रि तथा वाहिरी समारोह, सांस्कृतिक कार्यक्रमलगायतका भिडभाड हुने गतिविधि गर्न प्रतिबन्ध लगाइएको हो ।
त्यसैगरी प्रहरीले राजधानी कोलम्बोमा कर्फ्यु लगाएको छ । सरकारले यसअघि विद्यालय, विश्वविद्यालय, सार्वजनिक यातायातलगायत संचालनमा रोक लगाउँदै आएको थियो । सरकारी अधिकारीहरुले कोरोनाभाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि आम नागरिकले सहयोग नगरेमा अनियन्त्रित हुने चेतावनी दिएका छन् । प्रहरी र स्वास्थ्यकर्मीहरुले घर घरमै गएर पनि नियन्त्रण र परीक्षणको काम गरिरहेको जनाइएको छ । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण