इतिहासमा आज – दोस्रो विश्वयुद्धमा इटालीले बदल्यो मोर्चा, जर्मनीविरुद्ध युद्ध घोषणा
आज १३ अक्टुबर । इटालीले मित्र शक्तिसामु आत्मसमर्पण गरेको एक महिनापछि सन् १९४३ मा नाजी जर्मनीविरुद्ध युद्ध घोषणा ग¥यो । दोस्रो विश्वयुद्ध सुरु हुँदा इटाली र जर्मनी एउटै मोर्चामा थिए, जसलाई एक्सिस पावर (धुरी राष्ट्रहरुको समुह) भनिन्थ्यो । यसविरुद्ध बेलायत, अमेरिका, सोभियत युनियनलगायतले मिलेर मित्र शक्ति खडा गरेका थिए ।
इटालीका प्रधानमन्त्री बेनिटो मुसोलिनी र नाजी जर्मनीका चान्सलर एडोल्फ हिट्लरबीच सन् १९३६ देखि नै गठबन्धन बनेको थियो । इटालीका विभिन्न भूभागमा नाजी सैनिक अखडा बनाएर बसेका थिए । तर, सन् १९४३ को जुलाईमा मुसोलिनी सत्ताच्युत भएपछि अवस्था फेरियो । त्यसपछि इटालीमा राज्य सञ्चालनको अधिकार सेनाप्रमुख मार्सल पियत्रो बाडगलियोको काँधमा आयो ।
बाडगलियोले मित्र शक्तिसँग शान्ति कायम गर्नका लागि अमेरिकी सेनाका कमाण्डर ड्वाइट इसेनहोभरसँग वार्ता थाले, ३ सेप्टेम्बरमा इटालीले आत्मसमर्पण ग¥यो ।
मुसोलिनीको सत्ता हाल्लिन थालेदेखि नै हिट्लरले इटाली कब्जा गर्ने योजना बनाइरहेका थिए, जसलाई ‘अपरेशन एक्सिस’ भनिन्छ । इटालीको अस्थिर अवस्थाको फाइदा उठाएर नाजी जर्मन सेना सहजै रोम छि-यो, ९ सेप्टेम्बरमा बाडगलियो र इटालीको राजपरिवार भागेर दक्षिणपूर्वी क्षेत्र ब्रिन्डिसी पुगे ।
२३ सेप्टेम्बरमा माल्टामा बिस्तारित रुपमा युद्धविराम सम्झौता भयो, रोमलाई नाजी जर्मनीको कब्जाबाट बचाउनका लागि इटलियन सेनाले मित्र शक्तिसँग पूर्ण समन्वय गर्ने व्यहोरो सम्झौतामा उल्लेख थियो । १३ अक्टुबरमा इटालीले औपचारिक रुपमा जर्मनीविरुद्ध युद्ध घोषणा ग-यो ।
अन्य घटनाक्रम
सन् १८८४ – ग्रिनवीच मिन टाइमलाई संसारको समयको मानक समय मान्ने तय गरिएको थियो ।
सन् १९७६ – बोलिभियामा बोइङ जेट विमान दुर्घटना हुँदा झन्डै १ सय जनाको मृत्यु ।
सन् १९९९– भारतका प्रधानमन्त्री अटल बिहारी बाजपेयीद्वारा तेस्रो कार्यकालको सपथ ।
सन् २०११– इन्डोनेशियाको बाली टापूमा २०११ मा ६ दशमलव १ रेक्टरस्केलको भूकम्प ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण