कैदीबन्दीको सजाय छुट
तनहुँ कारागारमा रहेका कैदीबन्दीमध्ये २७ जना कैदीबन्दीले कैद सजायमा छुट पाएर घर गएका छन् । सर्वोच्च अदालतले कोभिड–१९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको सजाय छुट दिने व्यवस्थाअनुरुप ती कैद मिनाहा गरिएको कारागार प्रशासनले जनाएको छ ।
अदालतबाट एक वर्षभन्दा कम सजाय तोकिएका कैदीबन्दीले दिनको रु ३०० का दरले कैद भुक्तानबापतको रकम तिरेर छुट पाउने व्यवस्था रहेकाले उनीहरुको कैद मिनाहा भएको तनहुँ कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
गत चैत ११ गतेदेखि असोज २६ गते आइतबारसम्ममा २७ जनाको कैद मिनाहा भएको हो । उनले भने, “कानूनी व्यवसायीको सहायतामा अदालतमा निवेदन दिएपछि प्राथमिकताको आधारमा जोखिममा रहेकालाई छुट दिने कानूनी व्यवस्था रहेको छ ।”
कोभिड–१९ का कारण नेपाल सरकारले सुरक्षित हुन आह्वान गरेको बन्दाबन्दीदेखि हालसम्म ती कैदीबन्दीले छुट पाएका हुन् । कैद मिनाहामा वृद्धा, अशक्त, रोगीले प्राथमिकता पाउने नियम रहेको कारागारले जनाएको छ । यसरी छुट पाउनेमा अधिकांश सवारी ज्यान मुद्दाका रहेका छन् भने केही काठ मुद्दा, चोरी मुद्दा र लागुऔषध र ठगी मुद्दाका रहेका छन् ।
पच्चीस क्षमताको उक्त कारागारमा सोमबार आजसम्म कैदी १४९ र थुनुवा ६५ गरी जना कूल २१४ जना कैदीबन्दी रहेका छन् । धेरै कैदीबन्दी भएकाले ८० जनाक्षमता रहेको महिला बन्दीगृहमा पुरुष राखिएको र महिलालाई पोखरा पठाउने गरिएको कारागारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवा आन्दोलन विस्तार गर्दै कक्रोच जनता पार्टी
-
नेपाल एयरलाइन्समा सञ्चालक समिति सदस्य नियुक्ति गर्ने सरकारको निर्णय बदर
-
एच३ रकेट सफल पुनःउडानमा फर्कियो
-
हेटौँडाको दृश्यावलोकन र हाइकिङका कारण रोजाइमा मनकामना क्षेत्र
-
ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद
-
काठमाडौँ उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण