सुशान्त सिंह राजपूत मामिलामा सिबिआई अनुसन्धान पूरा, षड्यन्त्रको कुनै प्रमाण भेटिएन

सुशान्त सिंह राजपूत प्रकरणको अनुसन्धान सिबिआईले पूरा गरेको छ । सिबिआईले अहिलेसम्म सुशान्तको मृत्युमा कसैको पनि षड्यन्त्र नभेटेको जानकारी दिएको छ । स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले सिबिआईको अनुसन्धान अब पूरा भइसकेको र उनीहरुले चाँडै नै आफ्नो रिपोर्ट अदालतमा पेश गर्ने जानकारी दिएको छ ।
जानकारीका अनुसार सिबिआईले अक्टोबर ८ मा सुशान्तका भिनाजु र फरिदाबादका कमिश्नर ओपी सिंह र सुशान्तकी दिदी नीतूसँग दिउँसो सोधपुछ गरेको थियो । यो सोधपुछपछि सिबिआईको अनुसन्धान पूरा भएको हो ।
सिबिआईले आफ्नो अनुसन्धनमा पत्ता लागेका सबै परिस्थितीजन्य साक्षीको आधारमा रियालाई आरोपी बनाउने नबनाउने निर्णय अदालतमाथि नै छोड्ने अनुमान गरिएको छ ।
यता भाजपाका राज्यसभा सांसद सुब्रमण्यम स्वामीले सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा भइरहेको अनुसन्धानसँग सम्बन्धित एम्सको रिपोर्टबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी नदिइएको दाबी गरेका छन् ।
स्वामीले प्रश्न सोधेका छन्, ‘के एम्सको समूहले सुशान्तको शवको पोस्टमार्टम गरेको थियो वा कूपर अस्पतालका डाक्टरको पोस्टमार्टम रिपोर्टबाटै आफ्नो धारणा बनायो ? के एम्सको टीमले प्रमाण नष्ट गरेकोमा अनुसन्धान गरे ? के मृत्युको कारणमाथि एक निश्चित धारणा बनाउनका लागि फरेन्सिक मेडिकलको दृष्टिकोणले सामग्री अपर्याप्त थिए ? के स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले यो मामिलालाई मेडिकल बोर्डमा पठाउने विचार गर्नेछ ?’
स्मरण रहोस्, केही दिन अघि एम्सको प्यानलले सुशान्तको हत्याको आशंकालाई खारेज गर्दै यसलाई आत्महत्या बताइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिसा साह मृत्यु प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै पद्मकन्या कलेजका विद्यार्थीले गरे प्रदर्शन (तस्बिरहरू)
-
ओली सरकार आफ्नै भारले ढल्छ : अग्निप्रसाद सापकोटा
-
रवीन्द्र मिश्र लगायतका नेताको रिहाइको माग गर्दै रिले अनसन (तस्बिरहरू)
-
मन्त्रीको निर्देशनमा रोकिएको श्वेतपत्र सार्वजनिक गर्दै विद्युत् प्राधिकरण
-
बागमती प्रदेशस्तरीय स्पोटर्स अवार्ड जेठमा हुने
-
अमेरिकासँग सम्भावित व्यापार वार्ताको मूल्याङ्कन गर्दै छ चीन