सेनाको इतिहास जति गर्विलो छ, वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संवेदनशील र गहन राष्ट्रिय सुरक्षा विषयबारे निरन्तर अनुसन्धान, छलफल र अन्तक्र्रियाको आवश्यकता औँल्याएका छन् । ‘पृतनापति समन्वयात्मक बैठकको प्रधानमन्त्री कार्यालयबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले नेपाली सेनामा रणनीतिक तहमा सञ्चालन हुने यस्ता छलफल र अन्तक्र्रियाले राष्ट्रिय सुरक्षाका चुनौती पहिल्याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेएका प्रधानमन्त्री ओलीले भने “सेनाको संलग्नता र यसले सम्पादन गर्ने सबै कार्य उच्च राष्ट्रिय महत्वका हुन्छन् । सेनाले सम्पन्न गरेका सबै कार्य राष्ट्रिय उपलब्धि हुन् ।”
कोभिड–१९ रोकथाम, प्रतिकार्य र नियन्त्रण तथा बाढी, पहिरो र डुबानजस्ता विपद्मा सेनाले निर्वाह गरेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै प्रधानमन्त्रीले कोभिड–१९ विरुद्धको राष्ट्रिय लडाइँमा केन्द्रदेखि प्रदेश र स्थानीय तहमा पु-याएको सहयोगको प्रशंसा गरे ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ सङ्क्रमणपछि स्वदेश फर्केका नेपालीलाई क्वारेन्टिन र आइसोलेशन सेन्टरको व्यवस्थापन तथा सङ्क्रमणबाट मृत्यु भएकाको अन्तिम संस्कार गर्ने सैनिक जवानको कार्यको सरकारले उच्च प्रशंसा गरेको छ भने ।
कठिन भूगोल र प्रतिकूल मौसम भए पनि छोटो अवधिमा नै दार्चुलाको छाङ्रुमा सेनाले घोडेटो बाटो निर्माण गरी हस्तान्तरण गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, “सेनाको इतिहास जति गर्विलो छ, वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छ ।”
कार्यसम्पादन सम्झौता कार्यान्वयनको प्रतिवेदनले सेनाको कार्यसम्पादन उत्साहजनक रहेको बताउँदै उहाँले विद्यमान अन्तरराष्ट्रिय परिवेश तथा क्षेत्रीय परिस्थितिबाट उत्पन्न हुन सक्ने परिस्थिति, सुरक्षा खतरा र चुनौतीबीच पूर्वाधार निर्माण, आर्थिक स्थिरता, विकास तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सम्बोधनको आवश्यकता तत्कालीन चुनौतीका रुपमा देखिएको औँल्याए ।
कोभिडविरुद्ध कार्ययोजना बनाइने
राष्ट्रिय एकतामा विग्रह ल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भुमरीमा धकेलेर जनतामा त्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्न क्रियाशील व्यक्ति वा समूह राष्ट्रिय सुरक्षाका प्रमुख चुनौती भएको बताए ।
प्रधानमन्त्री ओलीले भने, “सेनाभित्रै हुन सक्ने घुसपैठमा पनि सङ्गठनको उच्च नेतृत्व सजग र सचेत रहनुपर्छ ।”
निर्दिष्ट संवैधानिक दायित्व सम्पादन तथा राष्ट्रिय हितलाई सम्बद्र्धन गर्न सेनालाई समयसापेक्ष आधुनिकीकरण गर्दै लैजाने बताउँदै उहाँले सेनाको दीर्घकालीन सोच, पुनर्संरचना योजना तथा अपरेशनल अवधारणामा सरकार सकारात्मक छ भने ।
सेनाभित्र पारदर्शिता र इमान्दारीको अभ्यास स्थापित हुँदै गएको आफूले पाएको बताउँदै प्रधानमन्त्री ओलीले सेनाप्रति जनताको विश्वास राख्नमा सजग रहन निर्देशन दिए ।
सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड–१९ महामारीका कारण सिर्जित अन्योल र आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण उत्पन्न हुन सक्ने चुनौतीको सामना गर्ने कार्ययोजना बनाउन बैठकले दिशानिर्देश गर्ने बताए ।
बलाधिकृत रथी प्रभुराम शर्माले सङ्गठनले अघि सारेका कार्यक्रम र लक्ष्य प्राप्त गर्ने दिशामा सरकारबाट सकारात्मक सहयोग प्राप्त भइरहेको स्पष्ट गरे ।
तीन दिने उक्त बैठकमा महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुख तथा पृतनापतिले आआफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्न सक्ने चुनौती एवं सुझावका सम्बन्धमा प्रस्तुति दिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण