ललितपुरमा अपहरित बालिकाको सकुशल उद्धार, ३ जना पक्राउ
लतिलपुरमा अपरहणमा परेकी बालिकाको प्रहरीले सकुशल उद्धार गर्न सफल भएको छ । महानगरीय प्रहरी परिसर,ललितपुर, महानगरीय प्रहरी वृत्त सातदोबाटो र महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको संयुक्त प्रहरी टोलीले यही कात्तिक ३ गते बेलुका ललितपुर महानगरपालिका २९ हरिसिद्धीबाट बालीकाको सकुशल उद्धार गरेको छ ।
ललितपुर माहालक्ष्मी नगरपालिका–४ इमाडोलबाट अपरिचित ३–४ जना व्यक्तिहरूले बालीकाको अपहरण गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका–२९ हरिसिद्धीबाट बालिका सकुशल उद्धार गरेको हो ।
प्रहरीले अपहरणमा संलग्न जिल्ला सर्लाही हरिवन नगरपालिका ८ बाँसटोल घर भई ललितपुर महानगरपालिका २९ हरिसिद्वी बस्ने बर्ष ३० का राजु कार्की, जिल्ला काभ्रे नबोबुद्व नगरपालिका ८ घर भई सोही स्थान बस्ने बर्ष २३ कि सीता परियार र जिल्ला धनुषा धारापानि गाउँपालिका २ घर भई सोही स्थान बस्ने बर्ष ४० को कृष्ण तोलाङ्गीलाई प्रहरीले पक्राउ गरेको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण