युरोपा लिग : आर्सनलको सहज जीत, स्पर्स स्तब्ध
आर्सनलले युरोपा लिगमा डुनडाल्कमाथि ३–० को सहज जित हासिल गरेको छ । समूह बीमा रहेको आर्सनलको लगातार दोस्रो जीत हो ।
खेलमा ४१ औँ मिनेटमा एडी निकेताहले आर्सनललाई अग्रता दिलाए भने जो विलकले लगत्तै दोस्रो गोल थपे । दोस्रो हाफको शुरुवातमा नै निकोलास पेपेले अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे ।
उता, टोटनह्याम हटस्पर्स भने रोयल एन्ट्रुपसँग १–० ले स्तब्ध भएको छ । बेन डेभिसको गल्तीको फाइदा उठाउँदै लियोर राफेलोभले खेलको निर्णायक गोल गरे ।

खेलपछि स्पर्सका प्रशिक्षक जोसे मोरिन्हो निकै क्रुद्ध देखिए । उनले आफूलाई दोस्रो हाफमा ११ जना नै खेलाडी परिवर्तन गर्न मन लागेको बताए । त्यस्तै, इन्सटाग्राममा पोष्ट गर्दै आफ्नो असन्तुष्टि जाहेर गरे । यो सन् २०१६ को नोभेम्बर यता युरोपा लिगमा मोरिन्होको पहिलो हार हो ।
बिहीबार नै भएका अन्य खेलमा लेस्टर सिटी एइके एथेन्सलाई २–१ गोलअन्तरले हरायो भने होफनहाइमले केएए जेन्टमाथि ४–१ को जीत हासिल गर्यो । सेल्टिक र लिलेले २–२ को बराबरी खेल्दा भिल्लेरियाल कारबाकविरुद्ध ३–१ ले विजयी बन्यो । एसी मिलानले स्पार्टा प्रागविरुद्ध ३–० को सहज जित हासिल गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण