फ्रान्समा पुनः हमला, गोलीबारीमा पादरी सख्त घाइते
फ्रान्सेली शहर लियोमा भएको गोलीबारीमा एक ग्रीक अर्थोडक्स पादरी गम्भीर रुपमा घाइते भएका छन् ।
गोलीबारीपछि हमलाकर्ता घटनास्थलबाट फरार भएतापनि प्रत्यक्षदर्शीका आधारमा एक संदिग्धलाई हिरासतमा लिइएको छ ।
हमलाको उद्देश्य अहिलेसम्म पत्ता लाग्न सकेको छैन । प्रशासनले हत्या प्रयासको मामिलामा अनुसन्धान सुरु गरेको छ ।
यो घटनाअघि हालै दक्षिण फ्रान्सेली शहर नीसमा एक चर्चमा चक्कू हमलामा तीनजनाको मृत्यु भएको थियो ।
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले यसलाई इस्लामी आतंकी हमला बताएका थिए र अतिरिक्त सुरक्षाबललाई प्रार्थना स्थलका साथै सार्वजनिक स्थानमा तैनाथ गरेका थिए ।
मिडिया रिपोर्टका अनुसार लियोमा गोलीबारीको यो घटना स्थानीय समयानुसार बेलकी ४ बजेको हो । त्यतिबेला पादरी चर्च बन्द गरिरहेका थिए ।
प्रहरीका अनुसार हमलाकर्ता एक शटगनसहित आएका थिए र हमलापछि फरार भए ।
पेटमा लागे दुई गोलीः
फ्रान्सको गृहमन्त्रालयले सरक्षाबल र आपतकालीन बल घटनास्थलमा भएको र मानिसहरुलाई हमला भएको इलाकाबाट टाढै रहन भनिएको छ ।
लियोका सरकारी अभियोजक निकोलस ज्याकेले शनिबार राती बयान जारी गरे । जसमा उनले सुरुवाती प्रत्यक्षदर्शीले दिएको बयानपछि एक व्यक्तिलाई प्रहरी हिरासतमा लिइएको जानकारी दिए ।
उनले संदिग्धले गिरफ्तारीका बेला हतियार लिइरहेको जानकारी दिए । अनुसन्धानकर्ताले गिरफ्तार संदिग्धको पहिचान पत्ता लगाउने कोसिस गरिरहेका छन् ।
लियोका मेयर ग्रिगोसी दूसेले पत्रकारलाई भने, ‘हामीलाई अहिले हमलाको उद्देश्यबारे थाहा छैन ।’
पादरीको पहिचान निकोलस काकावेलायकीसको रुपमा भएको छ । उनी अस्पतालमा भर्ना छन् र असाध्यै गम्भीर अवस्थामा छन् ।
उनको पेटमा दुई गोली लागेका छन् र घातक चोट लागेको छ ।
फ्रान्सका प्रधानमन्त्री ज्यां कास्टेक्सले सरकार हरेक नागरिकलाई पूर्ण सुरक्षा र पूर्ण स्वतन्त्रतामा आफ्नो आराधना गर्न अनुमति दिनका लागि दृढ संकल्प रहेको बताएका छन् । बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण