बैंगलुरुलाई हराउँदै हैदराबादको प्ले–अफमा पुग्ने सम्भावना जीवित
इन्डियन प्रिमियर लिग (आईपीएल) को ५२ औँ खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ५ विकेटले पराजित गरेको छ । सनराइजर्सको यो सीजनमा छैटौँ जीत हो । जीतसँगै टोली शीर्ष स्थानमा उक्लिएको छ र प्लेअफको चौथो टोलीको रेसमा सबैभन्दा अगाडि पुगेको छ । हारपछि पनि बैंग्लुरु दोस्रो स्थानमा कायम छ ।
शारजाहको मैदानमा टस हारेर पहिले ब्याटिङ गर्दै बैग्लुरुले १२१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा हैदराबादले मात्र १४.१ ओभरमा ५ विकेटको क्षतिमा उक्त लक्ष्य सफलतापूर्वक पछ्यायो ।
लक्ष्य पछ्याउने क्रममा हैदराबादको शुरुवात भने राम्रो हुनसकेन । १० रनको स्थितिमा नै कप्तान डेविड वार्नर आउट भए । त्यसपछि ऋद्धिमन साहाले मनिष पान्डेसँग मिलेर दोस्रो विकेटका लागि ५० रनको साझेदारी गरे । साहाले ३९ तथा मनिषले २६ रन बनाए । अन्त्यमा १० बलमा २६ रन बनाउँदै अलराउन्डर जेसन होल्डरले टोलीलाई जीत दिलाए । बैंग्लुरुका लागि युजवेन्द्र चहलले दुई विकेट लिए ।
यअसघि, बैंग्लुरुले ७ विकेटको क्षतिमा १२० रन बनाएको थियो । जोश फिलिपले सर्वाधिक ३२ रनको योगदान दिए भने एबी डिविलियर्सले २४ तथा वाशिंटन सुन्दरले २१ बनाए । हैदरावादका लागि सन्दिप शर्मा र जेसन होल्डरले २–२ विकेट लिए ।
शनिबार नै खेलिएको अर्को खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गरेको छ । आज पनि दुई खेल हुनेछन् जसमा पञ्जाब र चेन्नाई तथा कोलकाता र राजस्थान भिड्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण