कुमार सानुले फेरे आफ्नो बयानः पूर्व श्रीमतीबारे अब भने यस्तो
जान कुमार सानुले मराठी भाषामा दिएको बयानका कारण निम्तिएको विवाद रोकिने छाँटकाँटमा छैन । यो विवाद जान कुमार सानुको परिवारसम्म पुगेको छ । केहि दिन अघि उनको बयानमा उनका पिता तथा गायक कुमार सानू र उनकी श्रीमती रिता भट्टाचार्यले माफी मागेका छन् । यस्तै अब कुमार सानूले एउटा भिडियो जारी गर्दै छोरा कहिले बिग बसमा जाओस् भनेर आफूले कहिल्यै नचाहेको बताएका छन् । यसका साथै उनले अघिल्लो भिडियोमा आफ्नी श्रीमतीमाथि लगाएको आरोपबाट पनि यूटर्न लिएका छन् ।
वास्तवमा कुमार सानूले पछिल्लो भिडियोमा जानको बयानको कारण कतै न कतै उनकी श्रीमतीको गलत हर्काइएको एक कारण भएको बताएका थिए । जबकी यो भिडियोमा कुमार सानूले आफ्नी श्रीमतीको तारिफ गरेका छन् र उनको हुर्काइलाई सही बताएका छन् । यसका साथै उनले आफ्नो सम्बन्धविच्छेदको विषयमा राहुलको बयानबारे पनि कुरा गरेका छन् ।
कुमार सानू भन्छन्, ‘साधारण जीवनमा जान निकै राम्रो केटा हो । सबैको ख्याल राख्छ तर बिग बसमा उसले दबाबमा आएर केही भनिरहेको हुन्छ किनभने उसको उमेर पनि कम छ । उनकी आमाले उसलाई निकै राम्रो संस्कार दिएकी छिन् । छोरा बिग बसमा जाओस् भनेर म चाहँदैनथेँ । मैले यसका लागि उसलाई केही सहयोग गरिनँ । उसलाई मन लाग्यो, त्यसैले अडिशन दियो र शोको हिस्सा बन्नका लागि पूरा कोसिस पनि गर्यो ।’
यसका साथै कुमार सानुले राहुल बैद्यको गायकीको तारिफ गर्दै उनले आफूहरुको सम्बन्धविच्छेदको कुरा कोट्याउँदा निकै दुःखी भएको बताए । कुमार सानुले भने, ‘कुनै दुई व्यक्तिको आपसमा कुरा मिल्दैन भने, उनीहरु अलग हुने कुरा नीजि निर्णय हो । तर यो कुरा उनीहरुको बच्चाहरुको अगाडि बारम्बार भन्नु सही होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण