बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मिर्गौलासम्बन्धी तीन समस्या, समयमा नै चिन्नुहोस् यी लक्षण

सोमबार, १७ कात्तिक २०७७, ०९ : ५४
सोमबार, १७ कात्तिक २०७७

एजेन्सी – कहिलेकाँही स्वास्थ्यप्रति सजग हुँदाहुँदै पनि विभिन्न समस्याहरु आइपर्छन् । मिर्गौलासम्बन्धी समस्यामा पनि यस्तै हुन सक्छ । शुरुवाती लक्षणहरु थाहा नहुँदा मिर्गौला बिग्रिसकेको  पनि हुनसक्छ । मिर्गौलाको काम शरीरमा भएका पानीहरुलाई फिल्टर गर्नु हो । शरीर स्वस्थ्य रहनका लागि मिर्गौला पनि स्वस्थ हुन आवश्यक छ । मिर्गौलाको जोडी राजमा आकारको हुन्छ । यो पेटको मध्य भागमा करङको ठिक तल हुन्छ । 

मिर्गौलाले कसरी काम गर्छ ? 
लाखौँ तन्तुहरु मिलेर मिर्गौला बन्छ । यी नै तन्तुहरुलाई नेफ्रोन्स भनिन्छ । यसको काम रगत फिल्टर गर्नु हो । नेफ्रोन्समा गडबढीका कारण मिर्गौलामा धेरै समस्या पैदा हुन्छ । यदि कुनै कारणबस नेफ्रोन्समा क्षति पुगेमा रगतको सफाई सही तरिकाले हुन सक्दैन । फिल्टर गर्ने क्रममा रगतमा भएको हानिकारक तत्वहरु र शरीरमा भएको धेरै पानी छानेर पिसाबको रुपमा बाहिर फाल्ने गर्छ । मिर्गौलासँग युरेटरको दुई नलीहरु जोडिएका हुन्छन् । युरेटरको सहायताले रगत सफा हुन्छ र  त्यसको अवशेष ब्लाडरसम्म पुग्छ । 

के कारण मिर्गौलामा नोक्सान पुग्छ ? 
आजभोलिको गलत जीवनशैली, खानपान आदिका कारणले मिर्गौलामा समस्या देखापर्छ । यसका साथै, उच्च रक्तचाप, मधुमेह, आनुवंशिकता र दुखाई कम गर्ने औषधिको अत्यधिक प्रयोगले मिर्गौलामा नोक्सान पुग्छ । यसैगरी, हृदयरोगका कारण मिर्गौलामा समस्या आउने व्यक्तिहरुको संख्या पनि बढ्दै गएको छ । शुरुवाती लक्षणहरु थाहा नहुने भएकाले धेरैजसो व्यक्तिहरुले ६५ वा ७० प्रतिशत मिर्गौला बिग्रिसकेपछि मात्र थाहा पाउने गरेका छन् । 

१. मिर्गौलाको पथ्थरी
पथ्थरीको समस्या सामान्यताः तरल पदार्थको सेवन नगर्ने बानी र युरिनरी ट्र्याक इन्फेक्शनका कारण हुन्छ । यसका साथै पिसाबमा हुने केही खास केमिकलले क्रिस्टल बन्न रोक्ने भएकाले यस्ता समस्या आउँछ ।

पथ्थरीको लक्षणः
–भोक कम लाग्ने
–पेट दुख्ने
–काम्ने ज्वरो आउने
–पिसाबसँग रगत देखापर्ने
–पिसाब गर्दा रोकिँदै पिसाब निस्कनु 
–वाकवाकी लाग्ने

पथ्थरीको उपचार:
–मिर्गौलासँग सम्बन्धित कुनै पनि रोगबाट बच्नका लागि हरेक दिन ८ देखि १० गिलास पानी पिउने
–समय समयमा मिर्गौलाको चेकजाँच गर्ने
–यदि तपाईंमा मधुमेह वा उच्च रक्तचापको समस्या छ भने समयसमयमा डाक्टरको सल्लाह लिनुहोस्
–खानामा प्रोटिनसँग सोडियम र क्याल्शियमको मात्रा पनि सामेल गर्नुस्
–चिनी र नुनको सेवन सन्तुलित मात्रामा गर्नुस्

२. पोलिसिस्टिक किड्नी डिजिज
आम भाषामा भन्नुपर्दा मिर्गौलाले काम गर्न छोड्नु वा ‘किड्नी फेल’ हुनु नै पोलिसिस्टिक किड्नी डिजिज हो । यसको कारण भनेको अत्यधिक मदिरा र चुरोटको सेवन गर्नु हो । यसको लक्षण देखिँदा पनि यदि तपाईं मदिरा र चुरोट सेवन गर्न छोड्नुहुन्न भने तपाईंको मिर्गौलाले काम गर्न बन्द गर्छ । 

यसका लक्षण:
–टाउको दुख्नु
–पिसाबसँगै रगत देखापर्नु
–हात, गोडा र आँखा सुन्निनु
–सास फुल्ने र भोक नलाग्ने
–पाचन प्रक्रियामा गडबढी
–रगतको कमीले शरीरका अंगहरु पहेँलो देखिनु
–कमजोरी वा थकान महसुस हुनु

यसबाट बच्न के गर्ने ?
–यस रोगबाट बच्न डाक्टरहरु आरआरटी अर्थात रिनल रिप्लेसमेन्ट थेरापी गर्ने गर्छन् ।
–मिर्गौला एक पटक काम गर्न बन्द गरेपछि मिर्गौला फेर्नुपर्ने हुन्छ । तर फेर्न नसक्ने अवस्था भएमा डायलिसिस गर्ने गर्नुपर्छ । 
–यदि बिरामीको अवस्था चौँथो स्टेजमा पुगेको छ र खानपान, दैनिकीमा विशेष ध्यान दिने र नियमित डायलिसिस गर्दा जीवनयापन गर्न सहज हुन्छ ।

३. युरिनरी ट्र्याक इन्फेक्शन
युरिनरी सिस्टम (मुत्र प्रणाली) मिर्गौला, युरेटर, ब्लाडर र युरेथ्रा मिलेर बनेको हुन्छ । यी चार अंगमध्ये कुनै एकमा संक्रमण भएमा युरिनरी ट्र्याक इन्फेक्शन हुन्छ । 

इन्फेक्शन लक्षण:
–बारम्बार दिसा आउनु
– मन्द र शरीरमा कम्पन हुने गरी ज्वरो आउनु
–पेटको तल्लो भागमा दुख्नु
–पिसाबको रङ बदलिनु
–पिसाब फेर्दा दुख्नु

इन्फेक्शनबाट बच्न:
–यस्तो समस्यामा सरसफाईमा विशेष ध्यान दिनुपर्छ ।
–सार्वजनिक शौचालय प्रयोग गर्दा सफा गरेर मात्र दिसा, पिसाब गर्ने
–इन्फेक्शन भएको समयमा शारीरिक सम्पर्क नगर्ने 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप