नेपथ्यले कोरियामा प्रस्तुति दिँदै
काठमाडौं–कोरियालीको मुख्य पर्वको अवसरमा नेपथ्य ब्याण्डले दक्षिण कोरियाको सउलस्थित ओलम्पिक हलमा प्रस्तुती दिने भएको छ ।
दक्षिण कोरियाको अन्तराष्ट्रिय हलका रुपमा प्रख्यात ओलम्पिक पार्कमा अवस्थित हलमा नेपथ्यले आफ्नो प्रस्तुती दिन लागेको छ । कोरियालीको दशैंका रुपमा मानिने छुसकमा नेपथ्यले त्यहाँ रहेका नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्नेछ ।
दशैंको चार दिन पछि अर्थात अक्टोबर चारमा हुने कन्सर्ट कास्की परिवार दक्षिण कोरियाले आयोजना गरेको हो । यस अघि चार पटक कोरियामा प्रस्तुती गरिसकेको नेपथ्यले अन्तराष्ट्रिय हलहरु मार्फत मनोरञ्जन दिदै आएको छ ।
यसपटक छुसक लागि दक्षिण कोरियामा दश दिन विदा हुदैँछ । कोरियाको इतिहासमा छुसकमा दश दिने विदा सम्भवतः पहिलोपटक हो । छुसकको दोश्रो दिन नेपथ्यले सांगितिक मनोरञ्जन दिनेछ ।
गत वर्ष अन्तराष्ट्रिय केबिएस एरेनामा तामांग संघले गरेको कार्यक्रममा नेपथ्य प्रस्तुतीका लागि हल भरिएपछि टिकट नपाएर दर्शक फर्कनु परेको थियो ।
नेपथ्यले केहिदिन अघि अष्ट्रेलिया र न्यूजिल्याण्डको श्रृंखलावद्ध सांगीतिक भ्रमण सकेको थियो । दक्षिण कोरियाको कन्सर्टका लागि अमृत गुरुङलाई साथ दिन ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण