सांसद केसीको निधनमा पोखरा महानगरको सेवा बन्द
मङ्गलबार, १८ कात्तिक २०७७, १४ : २०
कास्की । प्रतिनिधिसभाका सदस्य एवं तत्कालीन पोखरा नगर पञ्चायतका प्रमुख सूर्यबहादुर केसीको निधन भएपछि उनको सम्मानमा आज पोखरा महानगरको सेवा बन्द गरिएको छ ।
महानगरपालिकाले एक विज्ञप्ति जारी गरी स्व केसीका सम्मानमा महानगर नगर कार्यपालिका कार्यालय र सबै वडा कार्यालय बन्द रहने जनाएको छ । विज्ञप्तिमा केसीको निधनले महानगरपालिकालाई स्तब्ध बनाएको र प्रतिष्ठित उद्योगीका रुपमा परिचित उनले पोखराको विकासमा पुर्याउनुभएको योगदानलाई सदा स्मरण गरिने उल्लेख छ ।
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका सांसद केसीको यही कात्तिक १७ गते राति १०ः ३० बजे ६३ वर्षका उमेरमा आफ्नै निवास मुस्ताङचोकमा निधन भएको थियो । सांसद केसी पोखराका प्रतिष्ठित उद्योगीसमेत रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण