मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

स्याङ्जामा एकैदिन १११ जना फरार प्रतिवादी पक्राउ

बिहीबार, २० कात्तिक २०७७, ११ : २६
बिहीबार, २० कात्तिक २०७७

काठमाडौँ - जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकैदिन १११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान, जबरजस्तीकरणी, बहुबिबाह, चेक अनादर, अंशबण्डा, सम्बन्ध बिच्छेद, कुटपिट, लुटपाट मुद्दामा संलग्न व्यक्तिहरु रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीका अनुसार पक्राउ पर्नेमा ९७ जना पुरुष र १४ जना महिला रहेका छन् । पक्राउ परेका सबैलाई जिल्ला अदालत स्याङ्जामा उपस्थित गराइएको एसपी बोगटीले बताए ।

दसैं तिहारको बेलामा अत्याधिक मानिसको आवागमन हुने हुँदा विशेष योजना बनाई लामो समयदेखि निगरानी गरी प्रहरीले १११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएको एसपी बोगटीले रातोपाटीसँग भने ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र मातहतका प्रहरी युटिनले फरार प्रतिवादीहरुलाई कानुनी दायरामा ल्याई अदालतबाट भएको फैसलालाई कडाईकासाथ कार्यान्वय गर्दै आएको स्याङ्जाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्र अधिकारीले बताए ।

कैद तथा जरिवाना तोकिएको व्यक्तिहरु समाजमा रहँदा शान्ति सुरक्षामा समेत चुनौती आउने र अपराध गरेपश्चात पनि बिना सजाय समाजमा रहँदा अपराध गर्न प्रोत्साहित हुने डीएसपी अधिकारीको भनाइ छ ।

२०५९ सालदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका स्याङ्जा थुमपोखरा घर भई हाल लामो समयदेखि लुकिछिपी नवलपरसाी सुनवल बस्दै आएका तेजलाल डुम्रे, जबरजस्ती करणी मुद्दामा लामो समयदेखि फरार रहेका बालसिंह गुरुङ समेत पक्राउ परेको अधिकारीले बताए ।

यस्तै जबरजस्ती करणी उद्योगमा संलग्न ६ जना, हाडनाता करणीमा संलग्न ३ जना, हातहतियार खरखजना मुद्दाका ३ जना, लागूऔषध मुद्दाका २ जनालगायत विभिन्न जघन्य मुद्दामा संलग्न व्यक्तिहरु पक्राउ परेको स्याङ्जा प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप