राष्ट्रपति चुनिएपछि बाइडेनको पहिलो भाषणः भने, ‘यो जनताको जीत हो’
आइतबार, २३ कात्तिक २०७७, ०७ : ५१
जो बाइडनले राष्ट्रपति पदमा छानिएपछि आफ्नो पहिलो भाषण दिएका छन् । उक्त भाषणमा बाइडनले आफूले ऐतिहासिक रुपमा सर्वाधिक भोट पाएको बताएका छन् ।
उनले भने, ‘अमेरिकी जनताले स्पष्ट जनादेश दिएका छन् । यो जीत तपाईंको हो । हामीले ७.४ करोड भोट पाएका छौं र यति भोट आजसम्म कहिले पनि पाएका छैनन् ।’
बाइडनले थपे, ‘तपाईंहरुले ममाथि विश्वास जगाउनुभयो । यसलाई म विनम्रताका साथ स्वीकार गर्छु । म अमेरिकाको राष्ट्रपति हुँ र सबैलाई सँगै लिएर अघि बढ्नेछु । म रेड स्टेट र ब्लू स्टेटको रुपमा हेर्दिनँ । अमेरिकाको राष्ट्रपति हुँ । म कुनै पार्टीको राष्ट्रपति होइन । हामी सबै सँगै मिलेर काम गर्नेछौं । म यो मुलुकको मेरुदण्डलाई पुनः खडा गर्नेछु ।’ –बीबीसी
A new day in America has come. Tune in as Vice President-Elect @KamalaHarris and I address the nation. https://t.co/d38F58DHu8
— Joe Biden (@JoeBiden) November 8, 2020
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण