डार्विनले ल्याए ‘हवाई अड्डा’
आइतबार, २३ कात्तिक २०७७, ११ : २५
काठमाडौं – गायक डार्विन लुंगेली र गायिका सानु तामाङको युगल स्वर रहेको गीत ‘हवाई अड्डा’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
गायक लुंगेलीले २०१६ मा युरोप घुम्न जाँदा एयरपोर्टमा मान्छेहरु भेट्ने र छुट्ने क्रममा देखेको दृश्यबाट प्रेरित भएर यो गीत लेखेका हुन् । गीतमा रोमन बज्राचार्यको संगीत रहेको छ ।
गीतको भिडियोमा भने प्रेममा सफल हुन नसकेका प्रेम संघर्ष देखाइएको छ ।
सुमित तामाङ, कुसुम गुरुङ र सुरज तमुको मुख्य अभिनय रहेको भिडियोमा छिरिङ शेर्पा, सुवास तिमल्सिना, पवन गुरुङ, संगोक तामाङलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।
विजय ताम्राकारको छायांकन र सम्पादन रहेको भिडियोमा सुरज तमुले निर्देशन गरेका हुन् ।
भिडियो:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण