डार्विनले ल्याए ‘हवाई अड्डा’
आइतबार, २३ कात्तिक २०७७, ११ : २५
काठमाडौं – गायक डार्विन लुंगेली र गायिका सानु तामाङको युगल स्वर रहेको गीत ‘हवाई अड्डा’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
गायक लुंगेलीले २०१६ मा युरोप घुम्न जाँदा एयरपोर्टमा मान्छेहरु भेट्ने र छुट्ने क्रममा देखेको दृश्यबाट प्रेरित भएर यो गीत लेखेका हुन् । गीतमा रोमन बज्राचार्यको संगीत रहेको छ ।
गीतको भिडियोमा भने प्रेममा सफल हुन नसकेका प्रेम संघर्ष देखाइएको छ ।
सुमित तामाङ, कुसुम गुरुङ र सुरज तमुको मुख्य अभिनय रहेको भिडियोमा छिरिङ शेर्पा, सुवास तिमल्सिना, पवन गुरुङ, संगोक तामाङलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।
विजय ताम्राकारको छायांकन र सम्पादन रहेको भिडियोमा सुरज तमुले निर्देशन गरेका हुन् ।
भिडियो:
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपाली काठमाडौँ आइपुगे
-
कला र संस्कृतिलाई पर्यटनसँग जोड्न सके देशले महत्त्वपूर्ण फड्को मार्नेछ : अध्यक्ष दाहाल
-
बागमती प्रदेशमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट
-
जिल्ला समिति काठमाडौँले किन गर्यो वाईसीएलको सपथ ग्रहण कार्यक्रम बहिष्कार ?
-
भुटानमा मानव अधिकारको चरम उल्लङ्घन जारी : भुटान वाच
-
सदनको गतिरोध अन्त्य गर्न दलहरू समझदारी नजिक : महेश बर्तौला