मेलानिया ट्रम्पले भनिन्, ‘सबै वैध भोटको गन्ती होस्’
राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पले अमेरिकी चुनावबारे केही मिनेटको अन्तरमा ट्वीट गर्र्दै चुनावको नतिजा खारेज गरेका छन् ।
आइतबार ट्रम्प भर्जिनियाको गोल्फ क्लबमा थिए जहाँ उनले बाइडेनलाई बिजेता बताएकोमा मिडियामाथि निशाना साँधे ।
ट्रम्पले भने, ‘मिडियाले कहिले देखि निश्चित गर्न थाल्यो कि हाम्रो अर्को राष्ट्रपति को हुनेछ । पछिल्लो दुई हप्तामा हामी सबैले धेरै कुरा सिकेका छौं ।’
Since when does the Lamestream Media call who our next president will be? We have all learned a lot in the last two weeks!
— Donald J. Trump (@realDonaldTrump) November 8, 2020
त्यसको केही मिनेट अघि मात्रै ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पले एक ट्वीट गरेकी थिइन् जसमा उनले सबै भोटको गन्ती हुनुपर्ने माग राखेकी थिइन् ।
सीएनएनमा एक अपुष्ट रिपोर्ट प्रकाशित भएपछि मेलानिया ट्रम्पले ट्वीट गरिन्, ‘अमेरिकीलाई परदर्शी तरिकाले गरिएको चुनावको अधिकार छ । सबै वैध भोटको गन्ती होस् ।’
The American people deserve fair elections. Every legal - not illegal - vote should be counted. We must protect our democracy with complete transparency.
— Melania Trump (@FLOTUS) November 8, 2020
सीएनएनको रिपोर्टमा मेलानिया ट्रम्पले डोनल्ड ट्रम्पलाई चुनावको नतिजा मान्न आग्रह गरिरहेको दाबी गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण