बाइडेनले जितेको खुसीमा सडकमै नाचिन् जेनिफर
गत साता जो बाइडेनका धेरै समर्थकहरुले अधिकांश समय इलेक्टोरल कलेज प्रोजेक्सनमा बिताए । उनीहरु डेमोक्रेट उम्मेदवारले २ सय ७० मत सुनिश्चित गर्ने प्रतिक्षामा बसेका थिए ।
जब प्रतिक्षा पुरा भयो, तब उनीहरुले खुुुसीयाली मनाउन थाले । यही सूचीमा परेकी छिन् हलिउड अभिनेत्री जेनिफर लरेन्स । ‘एक्स म्यान’, ‘द हंगर गेम्स’ लगायत चर्चित फिल्मकी यी अभिनेत्री बोस्टनका सडकमा पाइजामा लगाएर निस्किइन्, अनि नाच्न थालिन् ।
जेनिफरको यो खुसीको क्षण क्यामेरामा कैद छ र उनले सामाजिक सञ्जालमा शेयर गरेपछि अहिले भाइरल बनेको छ । आफ्नो राजनीतिक आबद्धताप्रति वर्षौदेखि जेनिफर निकै खुला छिन् ।
उनले आफ्नो समर्थकहरुलाई पनि आफ्नो राजनीति विगत र वर्तमानबारे बताउने गरेकी छिन् । जेनिफरका अनुसार उनले पहिले रिपब्लिकन पार्टीलाई भोट गर्ने गरेकी थिइन्, अहिले डेमोक्रेट्सलाई भोट गर्छिन् ।
३० वर्षीया जेनिफर २०१५ र १६ मा विश्वकै सर्वाधिक आम्दानी गर्ने अभिनेत्री थिइन् । २०१३ मा उनी टाइम म्यागेजिनले निकालेको विश्वका १ सय प्रभावशाली व्यक्तिहरुको सूचीमा थिइन् । त्यस्तै २०१४ र २०१६ मा फोब्र्स सेलिब्रटी १०० मा उनको नाम समावेश थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
अतिरिक्त समयमा फेरि बराबरी: केप भर्डेले अर्जेन्टिनालाई पुनः झट्का दियो
-
अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता बनायो
-
केप भर्डेले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा धकेल्यो
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण