यी अभिनेत्रीसँग फिल्म खेल्न डराउँथे सलमान खान
एजेन्सी – बलिउड सलमान खान प्रायः फिल्महरुमा ‘दबंग’ र ‘माचो’ अन्दाजमा नै देखिन्छन् । स्रोतका अनुसार सलमान वास्तविक जीवनमा पनि दबंग अन्दाजका नै छन् । तर, कुनै समय सलमान खान एक अभिनेत्रीसँग काम गर्न डराउँथे । उनी ९०को दशककी चर्चित अभिनेत्री श्रीदेवीसँग फिल्म खेल्न डराउँथे ।

श्रीदेवी ९० को दशककी सबैभन्दा चर्चित अभिनेत्री थिइन् । उनले खेलेका हरेक फिल्म हिट हुन्छन् भन्ने ग्यारेन्टी नै थियो । साथै, उनी सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री पनि हुन् । उनलाई उक्त समयमा १ करोड (भारतिय रुपियाँ) अफर गरिन्थ्यो ।
उनलाई लिएर फिल्म बनाउन प्रसिद्ध निर्देशक तथा निर्माता लाइनमा बसेका हुन्थे । सलमानले श्रीदेवीसँग सन् १९९३ मा ‘चन्द्रमुखी’ र सन् १९९४ मा ‘चांदका टुकडा’ मा काम गरेका थिए ।
सलमान खान श्रीदेवीको चर्चासँग डराउँथे । एक अन्तरवार्तामा उनले धेरै दर्शक श्रीदेवीलाई हेर्न जाने र फिल्मको हिरोलाई कम मात्र ध्यान दिने भएकाले श्रीदेवीसँग काम गर्दा आफ्नो भूमिका शुन्य हुनेमा डराउँने पनि उनले उल्लेख गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण