बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

यी अभिनेत्रीसँग फिल्म खेल्न डराउँथे सलमान खान

बिहीबार, २७ कात्तिक २०७७, १२ : २०
बिहीबार, २७ कात्तिक २०७७

एजेन्सी – बलिउड सलमान खान प्रायः फिल्महरुमा ‘दबंग’ र ‘माचो’ अन्दाजमा नै देखिन्छन् । स्रोतका अनुसार सलमान वास्तविक जीवनमा पनि दबंग अन्दाजका नै छन् । तर, कुनै समय सलमान खान एक अभिनेत्रीसँग काम गर्न डराउँथे । उनी ९०को दशककी चर्चित अभिनेत्री श्रीदेवीसँग फिल्म खेल्न डराउँथे । 

श्रीदेवी ९० को दशककी सबैभन्दा चर्चित अभिनेत्री थिइन् । उनले खेलेका हरेक फिल्म हिट हुन्छन् भन्ने ग्यारेन्टी नै थियो । साथै, उनी सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्री पनि हुन् । उनलाई उक्त समयमा १ करोड (भारतिय रुपियाँ) अफर गरिन्थ्यो । 

उनलाई लिएर फिल्म बनाउन प्रसिद्ध निर्देशक तथा निर्माता लाइनमा बसेका हुन्थे । सलमानले श्रीदेवीसँग सन् १९९३ मा ‘चन्द्रमुखी’ र सन् १९९४ मा ‘चांदका टुकडा’ मा काम गरेका थिए । 

सलमान खान श्रीदेवीको चर्चासँग डराउँथे । एक अन्तरवार्तामा उनले धेरै दर्शक श्रीदेवीलाई हेर्न जाने र फिल्मको हिरोलाई कम मात्र ध्यान दिने भएकाले श्रीदेवीसँग काम गर्दा आफ्नो भूमिका शुन्य हुनेमा डराउँने पनि उनले उल्लेख गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप