म्यागजिनको कभरमा माता दुर्गाको अवतारमा देखिइन् अमेरिकी र्यापर, भावना आहत गरेकोमा मागिन् माफी
अमेरिकी र्यापर कार्डी बीलाई उनको बोल्ड अन्दाजका लागि चिनिन्छ । हालै कार्डीले आफ्ना प्रशंसक र सोसल मिडिया प्रयोगकर्तालाई आफ्नो एक म्यागजिन कभरका लागि माफी मागेकी छिन् । फुटवियर म्यागजिनको नोभेम्बर इश्यूका लागि कार्डीले एक फोटोसुट गराएकी थिइन् जसमा उनी माता दुर्गाको रुपमा देखिएकी थिइन् ।
यो कभर फोटोमा कार्डी बीको १० हात देख्न सकिन्छ तर उनको हातमा दुर्गाको हतियारको साटो जुत्ता थिए । आफ्नो भिडियोमा कार्डीले भनिन्, ‘जब म सुटिङ गरिरहेकी थिएँ तब क्रिएटिव्सले मलाई म एक देवीको रुप लिन लागेको बताए । ती देवी जो शक्ति, नारित्व र स्वतन्त्रतालाई दर्साउँछ । र मलाई यो मनपर्यो किनभने म यसैका लागि बाँचिरहेकी छु ।’
उनले थपिन्, ‘मलाई यो राम्रो लागेपनि यदि यसले कसैको धार्मिक भावनालाई ठेस पुर्याएको छ वा उनीहरुको संस्कृतिको अपमान गरेको महसुस हुन्छ भने मलाई माफ गर्नुहोस् । यस्तो गर्ने मेरो कुनै उद्देश्य थिएन । म कुनै पनि धर्मलाई अपमान गर्दिनँ । यदि कसैले मेरो धर्मको अपमान गरेको भए मलाई पनि यो राम्रो लाग्ने छैन ।’
उनले थपिन्, ‘म कसैको अपमान गर्न चाहँदैनथेँ तर सायद उनीहरुले थप राम्रोसँग अनुसन्धान गर्नुपर्दथ्यो । म अतितमा गएर आफ्नो गल्ती सुधार्न त सक्दिनँ तर भविष्यमा थप अनुसन्धान गरेर यस्तो गल्ती गर्नबाट पक्कै पनि बच्नेछु ।’
ट्वीटरमा प्रयोगकर्ताले कार्डी बीलाई धेरै कुरा सुनाएका थिए । एक प्रयोगकर्ताले लेखेका थिए, ‘कार्डी बीले हिन्दू देवीको अपमान गरेकी छिन्, उनले आफ्नो हातमा जुत्ता समातेकी थिइन् । यो स्पष्ट रुपमा अपमान हो । अरुको धर्मको अपमान गरेपछि उनी यत्तिकै उम्किन पाउँदिनन् । उनले यसबारे कुरा गर्नैपर्छ र माफी माग्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण