ललितपुरको बालकुमारीमा भीषण आगलागी
शुक्रबार, २८ कात्तिक २०७७, १३ : १८
ललितपुर । ललितपुरमा भीषण आगलागी भएको छ । ललितपुरको बालकुमारी पुल क्रस हुनेबित्तिकै बायाँपटिट् रहेको फोहोरमैला संकलन गर्ने ठाउँमा आगलागी भएको हो ।
आगलागीको कारण खुल्न सकेको छैन । आगो नियन्त्रणको लागि ललितपुर महानगरपालिकाको ३ वटा दमकल प्रयोग भइरहेको छ । त्यस्तै काठमाडौँ महानगरपालिकाको दमकललाई समेत बोलाइएको ललितपुर प्रहरीले जनाएको छ ।
घरहरुको बीचमा आगलागी भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले जानकारी दिए । राई आफै घटनास्थलमा पुगेका छन् ।
आगलागी भएको ठाउँमा स्प्रेका बोत्तलहरु रहेको कारण पड्किएर उछिटिएको छ । बालकुमारीस्थित फोहोर संकलन केन्द्रमा आगलागी भएको जनाइएको छ । आगलागीबाट एक करोड बढीको सम्पति नष्ट भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण