बङ्गलादेशमा ४ लाख २८ हजार भन्दा बढी कोरोना भाइरस सङ्क्रमित
एजेन्सी । बङ्गलादेशमा गत २४ घण्टामा १ हजार ७६७ थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या ४ लाख २८ हजार ९६५ पुगेको सरकारी स्रोतले जानकारी दिएको छ । गत २४ घण्टामा यस सङ्क्रमणको कारण यहाँ १९ जनाको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ६ हजार १५९ पुगेको छ ।
गत २४ घण्टामा बङ्गलादेशमा १३ हजार ५३९ जनाको कोरोना भाइरस सङ्क्रमण भए नभएको परिक्षण गरिएको पनि उक्त स्रोतले जानकारी दिएको छ । बङ्गलादेशमा शुक्रबार १ हजार ५१९ जना कोर।ेना भाइरस मुक्त भएकासहित हालसम्म ३ लाख ४६ हजार ३८७ जना कोरोना भाइरस मुक्त भएका छन् ।
यहाँ गत जुलाई २ का दिनमा हालसम्म उच्च संख्या ४ हजार १९ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको थियो । यसैगरी गत जुन ३० मा कोरोना भाइरस सङ्क्रमणबाट ६४ जनाको मृत्यु भएको थियो । यो बङ्गलादेशमा कोरोना भाइरस शुरु भएतयाकै मृतकको उच्च संख्या हो । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण