ट्रम्पले सुरुमा भने, ‘बाइडेन बिजयी’ त्यसपछि पुनः गरे आफ्नो जीतको घोषणा
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार बिहान आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट आफ्नो जीतको घोषणा गरेका छन् ।
यद्यपि, ट्रम्पले यसअघि एक मौकामा डेमोक्रेट्रिक पार्टीका उम्मेद्वार जो बाइडेनको जीत स्विकार गरेको देखिएका थिए ।
उनले चुनावमा धाँधली भएको अपुष्ट दाबी गर्दै ट्वीटरमा लेखेका थिए, ‘उनले (जो बाइडेन) ले जिते किनभने चुनावमा धाँधली भयो ।’
I WON THE ELECTION!
— Donald J. Trump (@realDonaldTrump) November 16, 2020
यसो भनेको एक घण्टापछि उनले तीन नोभेम्बरमा भएको मतदानलाई स्विकार नगर्ने बताए । ट्रम्पका प्रतिनिधिले केही महत्वपूर्ण राज्यमा मुद्दा दायर गरेका छन् तर आफ्नो दाबी प्रमाणित गर्नका लागि कुनै प्रमाण पेश गरेका छैनन् । अहिलेसम्म दर्ता गरिएका सबै मुद्दा असफल भइरहेका छन् ।
यस्तै चुनाव अधिकारीले गत शुक्रबार भनेका छन्, ‘यो अमेरिकी इतिहासमा सबैभन्दा बढी सुरक्षित चुनाव रहयो जसमा भोटिङ प्रक्रियामा मत हराएको, फर्ने कोसिस गरिएको वा त्यसमा कुनै प्रकारको छेडछाड गरिएको भन्ने दाबीको कुनै प्रमाण भेटिएन ।
यी सबका बीच जो बाइडेन राष्ट्रपति पदमा निर्वाचित भइसकेका छन् ।
डेमोक्रेटिक पार्टीसँग इलेक्टोरल कलेजमा ३०६ भोट छ जबकी चुनाव जित्नका लागि २७० भोटको आवश्यकता पर्छ । यस्तोमा भोटको गन्ती दोस्रो पटक गरियोस् वा कुनै कानूनी झमेला देखिए चुनावको मूल नतिजामा परिवर्तनको सम्भावना देखिँदैन ।
पपुलर भोटमा पनि बाइडेन ५० लाखभन्दा बढी भोटले अघि छन् । यति हुँदा पनि अहिलेसम्म ट्रम्पले बाइडेनको जीत स्विकारिरहेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण