धनुषको अर्को गीतले तोड्यो रेकर्ड, युट्युबमा १ अर्ब बढी ‘भ्यू’
तमिल सुपरस्टार तथा रजनीकान्तका ज्वाईं धनुषको अर्को एउटा गीतले नयाँ रेकर्ड कायम गरेका ेछ । उनको फिल्म मारी टुको राउडी बेबी गीतले युट्यबमा १ बिलियन अर्थात् १ अर्ब बढी भ्यूजको रेकर्ड बनाएको छ । यो फिल्म सन् २०१८ मा रिलिज भएको थियो । फिल्ममा धनुष र कृष्णाले मुख्य भुमिका निभाएका छन् ।
धनुषले यसबारे जानकारी दिँदै ट्वीटरमा लेखेका छन्, ‘कति मिठो संयोग । कोलबेरी डीको नवौं वर्षगाँठमा राउडी बेबी गीतले एक बिलियन भ्यूको सीमा पार गरेको छ । एक बिलियन भ्यू हासिल गर्ने यो पहिलो दक्षिण भारतीय गीत हो भनेर जानकारी दिन पाउँदा हामी निकै सम्मानित महसुस गरिरहेका छौं । हाम्रो पूरा टिम मनैदेखि धन्यवाद अर्पण गर्दछ ।
What a sweet coincidence this is ❤️❤️ Rowdy baby hits 1 billion views on same day of the 9th anniversary of Kolaveri di. We are honoured that this is the first South Indian song to reach 1 billion views. Our whole team thanks you from the heart ❤️❤️
— Dhanush (@dhanushkraja) November 16, 2020
यस्तै इतिहास धनुषको गीत कोलावेरी दीले रचेको थियो । यो गीत सन् २०११ मा रिलिज भएको साइकोलोजिक थ्रिलर थ्रीको थियो । १६ नोभेम्बर सन् २०११ मा रिलिज भएको गीत असाध्यै चर्चित भएको थियो । तमिल र अंग्रेजीमा लेखिएको यो गीतको शब्द धेरैको मुखमा झुण्डिन्थ्यो । यो गीतलाई पनि धनुषले लेखेका र गाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
-
१२ बजे १२ समाचार: मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषणदेखि नेकपामा चुलियो असन्तुष्टिसम्म
-
मध्यराति सुदूरपश्चिम सरकारको बजेट, प्रतिपक्षद्वारा संसद् बहिस्कार
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण