शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाकी भावी फर्स्ट लेडी जिल बाइडेनको नाममा हुनेछ यो रेकर्ड

मङ्गलबार, ०२ मङ्सिर २०७७, १० : ५९
मङ्गलबार, ०२ मङ्सिर २०७७

अमेरिकी राष्ट्रपति चुनावमा रेकर्ड भोट हासिल गरेर जो बाइडेन अमेरिकाका ६४ औं राष्ट्रपति बन्ने तयारीमा छन् । डेमोक्रेटिक उम्मेद्वारको रुपमा नाम घोषणा भएपछि चुनावी सभादेखि चुनाव परिणामसम्म जो बाइडेनकी श्रीमती जिल बाइडेन छायाँजस्तै उनको साथमा रहिरहिन् ।

स्मरण रहोस्, जो बाइडेनकी श्रीमती व्यावसायिका रुपमा शिक्षिका हुन् । यस्तोमा यूएसए टुडेको एक रिपोर्टमा बाइडेनकी श्रीमती अब के गर्लिन् भनेर प्रश्न उठाएको छ । के उनी आफ्ना श्रीमानलाई सहयोग गर्न शिक्षिकाको जागिर छोड्नेछिन् ? विशेषगरी यो चर्चा त्यतिबेला असाध्यै चर्चामा आयो जब कमला ह्यारिसका श्रीमानले श्रीमतीलाई सहयोग गर्नका लागि आफ्नो जागिरबाट राजिनामा दिएका छन् । आउनुहोस्, भावी राष्ट्रपति जो बाइडेनकी श्रीमती तथा फर्स्ट लेडी जिल बाइडेनबारे केही जानकारी लिऔं । डा. जिलको नाममा हुने यो रेकर्डः

अमेरिकाका भावी राष्ट्रपति जो बाइडेनकी श्रीमती ६९ वर्षीया जिल वाइडेन पेशागत रुपमा एक शिक्षक हुन् । जिलले ह्वाइट हाउसकी प्रथम महिलाको जिम्मेवारी निभाउँलै गर्दा शिक्षकको भूमिका निभाउने पनि योजना बनाएकी छिन् । यदि उनी आफ्नो निर्णयमा अडिग रहिन् भने यस्तो गर्ने उनी अमेरिकाकी पहिलो फर्स्ट लेडी हुनेछिन् । ह्वाइट हाउसबाहिर काम गरेर तलब थाप्ने उनी पहिलो फर्स्ट लेडी हुनेछिन् ।

अमेरिकाको फर्स्ट लेडीको भूमिका निभाउने जिलको नाममा यो रेकर्ड बन्नेछ । २३१ वर्षको इतिहासमा कुनै फर्स्ट लेडीले आफ्नो पेशालाई जारी राखेर जिल बाइडेनले इतिहास रच्नेछिन् । अमेरिकी इतिहासकार क्याथरिन जेल्लिसनले ह्वाइट हाउसभन्दा बाहिर जागिर खाएर तलब थाप्ने जिल बाइडेन पहिलो फर्स्ट लेडी हुनेछिन् । ’ यतिमात्रै होइन, उनी यस्तो अमेरिकाकी पहिलो फर्स्ट लेडी हुनेछिन् जसले डाक्टरको डिग्री हासिल गरेकी छिन् ।

म शिक्षकको रुपमा आफ्ना सेवा दिन जारी राख्नेछुः

जिल नर्दन भर्जिनिया कम्युनिटी कलेजकी प्राध्यापक हुन् । चुनाव अभियानको क्रममा जिलले एक समाचार च्यानलसँगको कुराकानीमा भनेकी थिइन्, ‘जब जो बाइडेन उपराष्ट्रपति थिए तब म एक सामुदायिक कलेजमा शिक्षिका थिएँ । म सधैं शिक्षाको महत्वमा जोड दिन्छु । यदि म प्रथम महिला बनेँ भने पनि म सामाजिक कलेजमा निशुल्क ट्युशनलाई जारी राख्ने कुरामा समर्थन गर्नेछु । साथै क्यान्सरको अनुसन्धानका लागि पैसा दिनेछु र सैनिक परिवारको मद्दत गर्नेछु । मैले आजिवन एक शिक्षिका बनिराख्ने निर्णय गरेकी छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप