जापानमा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित, सरकारी अधिकारी चिन्तित
बिहीबार, ०४ मङ्सिर २०७७, २२ : २९
एजेन्सी । कोरोनाभाइरसको महामारी फैलिएको जापानमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । अर्को वर्ष ओलम्पिक आयोजना गर्न लागेको जापानका सरकारी अधिकारीहरु महामारी थप फैलिँदै गएपछि चिन्तित पनि भएका छन् ।
महामारी नियन्त्रण गर्नका लागि अन्य देशहरुको तुलनामा राम्रो व्यवस्थापन तथा नियन्त्रण गरेको जापानमा अहिलेसम्म दुई हजारभन्दा कमको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले विहिबार दिएको जानकारीअनुसार पछिल्लो एकैदिनमा दुई हजार १७९ जना सङ्क्रमित भएका हुन् ।
एकैदिनमा दुई हजारभन्दा बढी सङ्क्रमित भएको यो पहिलो पटक भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । भाइरसको महामारी बढ्दै गएपछि प्रधानमन्त्री योशिहिडे सुगाले उच्च सतर्कता अपनाउन सबैलाई आह्वान गरेका छन् । उनले मास्कको प्रयोग गर्न पनि आग्रह गरेका छन् । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण