विष्णु पौडेल र सुवास नेम्वाङसँग प्रचण्डको छलफल
शुक्रबार, ०५ मङ्सिर २०७७, १४ : ०६
काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङसँग छलफल गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा बोलाएर पौडेल र नेम्वाङसँग अध्यक्ष प्रचण्डले छलफल गरेका हुन् । दुवै नेतासँग प्रचण्डले छुट्टाछुट्ै छलफल गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
नेकपाको गत बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले यसअघि सचिवालयमा प्रचण्डले पेश गरेको प्रस्तावलाई आरोपपत्रको संज्ञा दिएका थिए । साथै उनले छुट्टै प्रस्ताव ल्याउने बताएपछि आगामी मंसिर १३ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण