सबै कलाकार समेट्दै ‘ऐश्वर्य’ले ल्यायो प्रोमो
काठमाडौं – ९ कात्र्तिकबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘ऐश्वर्य’ले प्रोमो रिलिज गरेको छ । राजधानीमा एक कार्यक्रम गर्दै चलचित्र युनिटले चलचित्रकर्मी तथा रंगपत्रकार माझ प्रोमो रिलिज गरेको हो ।
निकै आकर्षक र फरक तवरले बनाइएको चलचित्रको प्रोमामा अभिनेता रमेश उप्रेती, प्रशान्त ताम्राकार, नायिका केकी अधिकारी र नव नायिका दीपिका प्रसाईंलाई समेत देख्न सकिन्छ ।
चलचित्र दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । प्रेम कथामा बनेको ‘ऐश्वर्य’मा रमेश उप्रेती, प्रशान्त ताम्राकार, केकी अधिकारी र नव नायिका दीपिका प्रसाईं लगायत कलाकारको अभिनय रहेको छ ।
अर्जुन पोखरेलेको संगीत, सुदिप बरालको छायाँकन र तेञ्जु योञ्जनको नृत्य रहेको चलचित्रका निर्माता अर्जुन श्रेष्ठ, किरण राणा हुन् । निर्मल शर्माको सहकार्य रहेको यो चलचित्रको ‘तिमी रोएको पल..’ गीतले दर्शक को मन जित्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण