कोब्राको टोकाइबाट पनि बचे कोरोना र डेंगु जितेका व्यक्ति
एजेन्सी । कोरोना भाइरस, डेंगु र मलेरियाबाट संक्रमित भएर पनि बाँचेका एक बेलायती सामाजिक अभियन्ता प्राणघातक सर्पको टोकाइबाट पनि बाँच्न सफल भएका छन् । पश्चिमी भारतस्थित राजस्थान राज्यमा इयान जोनसलाई जोधपुर जिल्लामा कोब्राले टोकेको थियो । त्यसपछि उनलाई जोधपुर शहरस्थित अस्पताल भर्ना गरियो ।
राजस्थानको राजधानी जयपुरबाट जोधपुर झन्डै ३ सय ५० किलोमिटर टाढा छ । ‘गत हप्ता गाउँमा सर्पले टोकेपछि जोनस उपचारका लागि हाम्रोमा आएका थिए । सुरुवातमा उनी दोस्रोपटक कोभिड १९ पोजेटिभ छन् भन्ने आशंका हामीलाई लागेको थियो । तर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आयो,’ स्थानीय मेडिपल्स अस्पतालमा जोनसको उपचार गरेका डाक्टर अभिषेक टाटेरले भनेका छन्, ‘उनी होसमै थिए र सर्पले टोकका कारण आँखा धमिलो देख्ने र हिँड्न गाह्रो पर्ने लक्षण थियो । तर यो अस्थायी लक्षण हो ।’
जोनस यसै साताको सुरुवातमै डिस्जार्च भए । चिकित्सक अभिषेकका अनुसार उनी केही दिनभित्र पूर्ण निको हुनेछन् र कुनै लामो असर रहनेछैन । जोधपुरलगायत राजस्थानका क्षेत्रमा सर्पले टोक्नु सामान्य नरहेको उनले बताए । जोनसनले राजस्थानका स्थानीयहरुसँग मिलेर गरिबी उन्मुलनमा काम गरिरहेका छन् । आफ्नो सामाजिक उद्योग ‘साबिरियन’ मार्फत उनले स्थानीयहरुले उत्पादन गरेका सामाग्री बेलायत लैजान्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण