यसकारण रुसी राष्ट्रपति पुटिनले जो बाइडेनलाई दिएनन् बधाई
रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडेनलाई जीतको बधाई नदिएको कारण खुलाएका छन्
पुटिनले आफू कानूनी लडाईंको निर्णय नआञ्जेल प्रतिक्षा गर्ने र त्यसपछि मात्रै बाइडेनलाई बधाई दिने बताएका छन् ।
रुसी टिभी च्यानललाई दिएको अन्तर्वार्तामा पुटिनले औपचारिक बधाई दिन ढिलाई गर्दा रुस र अमेरिकाको सम्बन्धमा कुनै असर नपर्ने बताएका छन् ।
यद्यपि, दुबै देशबीचको सम्बन्धमा पहिले देखि नै तनावको स्थिती छ ।
तर राष्ट्रपति डोनल्ड ट्रम्प सधैं पुटिनको तारिफ गरिरहन्छन् र उनीमाथि राष्ट्रपति बन्न रुसको मद्दत लिएको आरोप पनि लागेको छ ।
पुटिनले के भने ?
पुटिनलाई 'बधाई नदिएर दुई देशबीचको सम्बन्ध खराब त पारिरहनुभएको छैन' भनेर प्रश्न सोधिएको थियो ।
यो प्रश्नको जवाफमा उनले भने, ‘जुन सम्बन्ध पहिले देखि नै खराब छ भने अब के खराब होला ।’
पुटिनले भने, ‘हाम्रो दुबैसँग सम्मानजनक सम्बन्ध छ । निवर्तमान राष्ट्रपति ट्रम्प र नव–निर्वाचित राष्ट्रपति जो बाइडेन दुबैसँग सम्मानजनक सम्बन्ध छ । हामीलाई कसैसँग कुनै समस्या छैन । यो एक औपचारिक मामला हो । हाम्रो कुनै लुकेको एजेन्डा छैन । मलाई लाग्दैन कि औपचारिकता निभाउन हतार गर्दा खराब भएको सम्बन्ध राम्रो हुनेछ ।’
पुटिनले भने, ‘संसारका अन्य जुन नेताले बधाई दिएका छन् उनीहरु सबै अनुभवी छन् र उनलाई थाहा छ कि कहिले के गर्नुपर्छ ।’
रुसी राष्ट्रपतिले थपे, ‘पछिल्लो पटक पनि सबैले हिलेरी क्लिंटनलाई बधाई दिएका थिए तर ट्रम्पले जितेका थिए । ’
राजनीतिक संघर्ष रोकिँदासम्म प्रतिक्षाः
पुटिनले आफू अमेरिकी जनताले चुनेका कुनै पनि राष्ट्रपतिसँग काम गर्न तयार भएको बताए । तर महत्वपूर्ण भोटको गन्ती हुञ्जेल र घरेलु राजनीतिक संघर्ष समाप्त नहुँदासम्म प्रतिक्षा गर्नुपर्ने उनले बताए ।
पुटिनले भने, ‘अमेरिकी जनताको जो सुकै राष्ट्रपतिमा विश्वास हुन्छ हामी उनीहरुसँग काम गर्न तयार छौं ।’
अमेरिकामा तीन नोभेम्बरमा चुनाव भएको थियो । चुनावी नतिजामा ट्रम्पका प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका जो बाइडेनलाई बिजेता घोषित गरिएको छ ।
तर ट्रम्प यो मान्न तयार नै छैनन् । ट्रम्पले भोटको गन्तीमा धोका भएको बताइरहेका छन् । कतिपय राज्यमा मतगणना अहिले पनि जारी छ । – बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण