भारती सिंह र उनका श्रीमान् जमानतमा रिहा
हास्यकलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई मुम्बईको एक अदालतले जमानत दिएको छ ।
दुबैलाई १५–१५ हजार जमानत लिएर छाडिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
सुशान्त सिंह राजपूतको मामिलामा ड्रग्सको कुरा सार्वजनिक भएपछि फिल्म र टिभी जगतका विभिन्न हस्तीलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सोधपुछ गरिरहेको छ । एनसीबीले नयाा सिलसिलामा चर्चित व्यक्तिहरुको घरमा छापामारी पनि गरिरहेको छ । यसमा अब ताजा नाम चर्चित हास्यकलाकार भारती सिंहको नाम जोडिएको छ ।
भारती सिंहलाई एनसीबीले शनिबार मुम्बईमा उनको घरबाट पक्राउ गर्यो ।
एनसीबीका अनुसार उनको घर र प्रोडक्सन हाउसमा गरिएको छापामारीमा ८६.५ ग्राम गाँजा भेटिएको थियो ।
विभागका अधिकारीको दाबी अनुसार भारती सिंह र उनका श्रीमानले गाँजा सेवन गर्ने गरेको कुरा स्विकारेका छन् ।
भारती सिंहका साथै उनका श्रीमान् हर्ष लिम्बाचियालाई पनि पक्राउ गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण