सात जुवाडे पक्राउ
दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–२ लालमटियास्थित गोपाल खत्रीको घरमा राप्ती गाउँपालिका–३ निवासी २१ वर्षीय यमबहादुर राणाले सञ्चालन गरेको राप्ती फेम्ली रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा रु एक लाख ४६ हजारसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार प्युठान सरुमारानी गाउँपालिका–३ निवासी ५० वर्षीय चुमानसिंह सुनार, सोही ठाउँका ३५ वर्षीय अल्ली शाह, सरुमारानी–१ का २४ वर्षीय एडिस मियाँ, सोही ठाउँका ४० वर्षीय अकबर हुसेन मियाँ, सोही गाउँपालिका–३ निवासी ४४ वर्षीय कृष्णबहादुर राना, राप्ती गाउँपालिका–२ निवासी यमबहादुर राना र सोही गाउँपालिका–१ निवासी ४२ वर्षीय रुपेश आलेलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट जुवामा प्रयोग हुने १० गड्डी तास र एक थान गलैँचासमेत बरामद गरेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल फेसन फेस्टिभल २०२४ आयोजना हुने
-
बागमती प्रदेशसभा बैठक बस्दै, नीति तथा कार्यक्रमको प्राथमिकता पेस गरिने
-
दिगो विकासका लक्ष्य प्राप्तिमा नेपाललाई स्वीडेनले सघाउने
-
तीन गोलको बराबरी खेल्दै एस्टन भिल्ला र लिभरपुलले अङ्क बाँडे
-
कोलकातासँगको खेल वर्षाले प्रभावित भएपछि गुजरातको प्लेअफ सम्भावना सकियो
-
कांग्रेस नेता र प्रधानमन्त्रीबिच बालुवाटारमा छलफल