मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निशान र अर्जुनले ल्याए तिमीलाई देखेपछि ...

मङ्गलबार, ०९ मङ्सिर २०७७, १२ : ४२
मङ्गलबार, ०९ मङ्सिर २०७७

काठमाडौं । चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत तथा गायक निशान भट्टराईको स्वर रहेको नयाँ गीत ‘तिमीलाई देखेपछि माया पलायो’ सार्वजनिक भको छ । निलकण्ठ सुवेदीको शब्द रहेको गीतमा युवायुवतीको भेटपछि हुने प्रेमका कुरा समेटिएको छ । गायक भट्टराईले आफ्ना गीत मध्येमा यो धेरै मनपरेको बताएका छन् । 

गीतको भिडियो पनि बनेको छ । सुरेशदर्पण पोखरेलको निर्देशन रहेको भिडियो संयुक्तराज्य अमेरिकाका विभिन्न रमणीय स्थानमा छायाँकन भएको छ ।  भिडियोमा भरत सुवेदी र शमिन श्रेष्ठको अभिनय देख्न सकिन्छ । बिनोद अधिकारीको छायाँकन रहेको भिडियो भरत रेग्मीले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप