अभावमा बित्यो अभिनेता आशिष रोयका अन्तिम दिन, उपचारका लागि मागेका थिए मद्दत
‘ससुराल सिमर’ का चर्चित अभिनेता आशिष रोयको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । उनीसँग उपचार गर्नका लागि पर्याप्त पैसा पनि थिएन । उनले सोसल मिडियामार्फत् पैसा मागेका थिए ।
स्मरण रहोस्, आशिष रोय सानो पर्दाका चर्चित अभिनेता हुन् । उनी टिभी सिरियल बनेगी अपनी बात, रिमिक्स, कुछ रंग प्यार के येसे भी, जिनी और जुजुलगायतमा देखिइसकेका छन् ।
आशिषले गरेका थिए यस्तो पोस्टः
आशिषले मे महिनामा फेसबुकमा पोस्ट गरेका थिए । उनले लेखेका थिए, ‘डायलाइसिसका लागि तत्काल तपाईंको पैसाको आवश्यकता परेको छ । म आइसीयूमा छु र असाध्यै बिरामी छु । ’ यसमाथि फिल्म निर्माता हंसल मेहताले ट्वीटरमार्फत् फिल्मी क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग मद्दत मागेका थिए ।
Actor Ashish Roy (Bond) is seriously ill, on dialysis and in the ICU. He has appealed for financial help on FB. I'm doing all I can to help. Can industry associations also help the ailing actor? @sushant_says@ashokepandithttps://t.co/d8qpAan1VK
— Hansal Mehta (@mehtahansal) May 19, 2020
त्यसपछि जून महिनामा आशिष रोयले आफ्ना साथी सुरज थापारमार्फत् सलमान खानसँग मद्दत मागेका थिए । सुरजका अनुसार पछिल्लो पटक सन् २०१९ मा आशिष बिरामी हुँदा सिन्टाले पनि उनको मद्दत गरेको थियो तर यसपटक आशिषले सिन्टासँग पनि सम्पर्क गरेनन् । यसपटक उनले फेसबुकमा सबैसँग अपिल गरे र त्यसमा धेरैले राम्रै प्रतिक्रिया पनि दिए तर त्यसले पनि उनको उपचारको खर्च उठाउन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट विश्वकपको अन्तिम १६ मा
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण