प्रमाणित हुनेबित्तिकै नेपालीले खोप पाउँछन्ः मन्त्री ढकाल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपाली नागरिकले प्रयोग गर्न पाउने विश्वास दिलाएका छन् । यही मङ्सिर ३ गतेदेखि आजसम्म मन्त्रालयले आयोजना गरेको ‘विश्व प्रतिजैविक सचेतना सप्ताह’को समापन गर्दै उनले कोभिड–१९ विरुद्धको खोपको परीक्षण भइरहेको र उक्त सफल परीक्षण भई प्रमाणित हुनेबित्तिकै नेपाली नागरिकले पाउने बताए । उनले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न दृढ भएर लागेको उल्लेख गर्दै त्यसका लागि सबैको सहयोग आवश्यक भएको बताए ।
केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा कोभिड-१९ विरुद्धको खोप उपलब्धता सहज बनाउनेलगायत व्यवस्था गर्नका लागि औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी थिइन् । सप्ताहका अवसरमा चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको थियो ।
प्रतियोगितामा नेशनल स्कूल अफ साइन्सकी कक्षा ११ मा अध्ययनरत राजकी अर्याल प्रथम, होप इन्टरनेशनल कलेजमा स्नातक तह अध्ययनरत स्वस्तिका सापकोटा द्वितीय र ललितकला क्याम्पसकी स्नातक तहमा अध्ययनरत विनिता खड्काले तृतीय स्थान प्राप्त गरे । मन्त्री ढकालले विजय विद्यार्थीलाई नगद र प्रमाणपत्र प्रदान गरे । अठ्ठाइस सहभागीमध्येबाट २४ जनाको कला छनोट गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल