अफगानिस्तानको बामियान शहरमा बम विष्फोट, १७ जनाको मृत्यु
मङ्गलबार, ०९ मङ्सिर २०७७, २३ : ५१
एजेन्सी । अफगानिस्तानको बामियान शहरमा भएको बम विष्फोटमा परेर १७ जनाको मृत्यु भएको छ । विष्फोटमा परेर ५० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । बामियान अफगानिस्तानको अत्यन्तै सुरक्षित प्रान्तहरुमध्ये एक हो । विष्फोटमा परेर मृत्यु हुनेमा एक ट्राफिक प्रहरी समेत रहेका छन् । मंगलबार अफगान राष्ट्रपति असरफ घानी क्षेत्रीय सहयोग संगठनको बैठकमा सहभागी भैरहेका बेला विष्फोट भएको हो ।
राष्ट्रपति घानीले बैठकमा दिगो शान्ति निर्माण गर्न कडा क्षेत्रीय जागरण आवश्यक भएकोमा जोड दिएका छन् । बामियान शहरको बीच बजारमा विष्फोट भएको स्थानीय अधिकारीहको भनाई उदृत गर्दै टोलो न्युजले जनाएको छ । अहिलेसम्म विष्फोटको जिम्मा कसैले लिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण