आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बाइडेनद्वारा आफ्नो टिमको घोषणाः भने, ‘अमेरिका इज ब्याक’

बुधबार, १० मङ्सिर २०७७, ०९ : ०२
बुधबार, १० मङ्सिर २०७७

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो टिमका ६ महत्वपूर्ण व्यक्तिको घोषणा गरेका छन् । 

उनले भने, ‘अमेरिका इज ब्याक । अमेरिका संसारको अगुवाईका लागि तयार छ । ऊ आफ्नो जिम्मेवारीबाट पछि हट्नेछैन ।’

नेशनल इन्टेलिजेन्सका निर्देशकको पदका लागि एवरिल ह्यान्सको नाम उठेको छ । यदि यो कुरा पुष्टि हुने हो भने उनी इन्टेलिजेन्स विभाग सम्हाल्ने देशकी पहिलो महिला हुनेछिन् । 

होमल्याण्ड सिक्योरिटी विभागका नयाँ बस एलेजान्ड्रो मेयोरकास हुनेछन् । डोनल्ड ट्रम्प सत्ताको हस्तान्तरणको प्रक्रियाको विषयमा सहमत भएका छन् र सिक्रेट इन्टेलिजेन्सको समूहले उनलाई अब जानकारी प्रदान गर्न सक्नेछ । 

राष्ट्रपति ट्रम्पले अहिले पनि आफ्नो पराजय स्विकार गर्न अस्विकार गर्नसक्ने आशंका अहिले पनि समाप्त भएको छैन । नोभेम्बर तीनमा भएको भोटिङमा ट्रम्पले कथित धाँधलीको आरोप बारम्बार लगाइरहेका छन् । 

जेक सुलिवन (बायाँबाट पहिलो), लिन्डा थोमस ग्रीनफील्ड (बीचमा), एन्टनी ब्लिङ्केन

बाइडेनका टीमका ६ महत्वपूर्ण व्यक्तित्वः

– एन्टनी ब्लिङ्केन: विदेशमन्त्री

– जोन केरीः जलवायु परिवर्तन (दूत)

– एवरिल ह्यान्सः निर्देशक, नेशनल इन्टेलिजेन्स

– एलेजान्ड्रो मेयोरकासः सेक्रेटरी, होमल्याण्ड सिक्योरिटी

– जेक सुलिवनः नेशनल सिक्योरिटी एड्भाइजर, ह्वाइट हाउस

– लिन्डा थोमस ग्रिनफिल्डः संयुक्त राष्ट्रमा अमेरिकी दूत
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप